चिनियाँ कुटनीति : मन्त्रालयमा प्रश्न, ट्वीटमा जवाफ

काठमाडौं : उर्जामन्त्री वर्षमान पुनले नेपालका लागि चिनियाँ राजदूत होउ याङचीलाई मंगलबार सोधे, चिनियाँ कम्पनीहरुले चीन र अन्य विश्व राम्रो काम गरिरहेका छन्, यहाँ किन गर्न सकिरहेका छैनन् ?

सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत याङचीले यसबारे गहिरो अध्ययन र अनुसन्धान गरिरहेको कुटनीतिक जवाफ दिएर फर्किइन् ।

यो भेटबारे मन्त्री पुनको सचिवालयले सञ्चारमाध्यमलाई विज्ञप्ति पठायो । मन्त्रीले राजदूतलाई गरेको प्रश्नको समाचार बन्यो । भेटघाटको तस्विरसमेत सार्वजनिक भयो । चर्चा यत्तिमै सेलाएन ।

Advertisement

राजदूत याङचीले दूतावास फर्केपछि त्यही साँझ ट्वीट ७ः४४ बजे ट्वीट गरिन्, ‘नेपालमा निर्माण भइरहेका ठूला आयोजनामध्इे सबभन्दा ठूलो आयोजना चीन जलविद्युत् संस्थाले गरेको हो ।’

Advertisement

अनौपराचिक छलफल सञ्चारमाध्यममा सार्वजनिक भएपछि याङचीले साँझ ट्वीटमार्फत जवाफ दिइन् । तत्काल प्रतिक्रिया नजनाउने चिनियाँ राजदूतले सार्वजनिक रुपमै जवाफ दिनुको गहिरो अर्थ रहेको कुटनीतिज्ञहरु बताउँछन् ।,यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top