सर्लाहीमा गोली चल्यो

१४ असार, मंगलवा ।
सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते भएका छन्।

Advertisement

गोली लागि घाइते हुनेमा लालबन्दी नगरपालिका १ नवलपुरका ३० वर्षीय जयनाथ महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। गोली महतोको दाहिने हातमा लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए।

ब्रह्मस्थानको मन्दिर निर्माणमा मजदुरीको काम गर्दै गरेको अवस्थामा मोटरसाइकलमा आएका दुई जनाको समूहले महतोमाथि गोली प्रहार गरेको थियो।

Advertisement

गोली कसले र किन प्रहार गरेको हो त्यो अहिलेसम्म खुल्न सकेको छैन। हतियारधारी समूह गोली प्रहार गरी जंगलको बाटो हुदैं पूर्वतर्फ भागेको स्थानीयले बताएका छन्। घाइते महतोको नवलपुरमा समान्य उपचार पश्चात थप उपचारको लगि वीरगन्ज पठाइएको राठौरले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top