अन्तरविद्यालय हाजिरीजवाफमा मनकामना इंगलिस बोर्डिङ स्कुल प्रथम

१६ असार ७६, मंगलबार

१६ असार, विराटनगर ।
विराटनगरमा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर महानगरपालिका वडानम्बर १५ को आयोजना र वडास्तरिय वाल क्लबको संयोजनमा प्रतियोगिता सम्पन्न भएको हो ।

वडा कार्यालय परिसरमा आयोजना गरिएको प्रतियोगितामा स्थानीय मनकामना इंगलिस बोर्डिङ स्कुल प्रथम भएको छ । यस्तै राइजिङ बोर्डिङ स्कुल दोश्रो र श्री ग्लोबल एकेडमी तेश्रो भएको छ । प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने विद्यालयले पुरस्कारस्वरुप नगद ६ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र हासिल गरेको छ ।

यस्तै दोश्रो हुनेले नगद ४ हजार ५ सय र तेश्रो हुनेले ३ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजयीलाई विराटनगर महानगरपालिकाका भीम पराजुली र विराटनगर–१५ का वडाध्यक्ष असलम आलमले नगद सहितको पुरस्कार हस्तान्तण गरे ।

विद्यार्थीको बौद्धिक क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा वडाभित्रका २ सामुुदायिक र ४ निजी विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको वडास्तरिय बाल क्लबका सदस्य एवम कार्यक्रम संयोजक इमरान अंसारीले जानकारी दिए ।

कार्यक्रम विराटनगर महानगरपालिकाका मेयर पराजुलीले कुनैपनि विद्यार्थी शिक्षाबाट बञ्चित नहोउन भन्ने उद्धेश्यले महानगरपालिकाले गुणस्तरिय शिक्षाको निति लिएको बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top