विश्वकप क्रिकेट : वेष्ट इन्डिजविरुद्ध श्रीलंका विजयी, पुरनको शतक खेर

१७ असार ७६, मंगलबार
Share this
734shares

एजेन्सी, असार १७
आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार राती सम्पन्न खेलमा श्रीलंकाले वेस्टइन्डिजलाई २३ रनले पराजित गरेको छ । जितसँगै श्रीलंकाले शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने झिनो अंकगणितीय संभावना कायमै राखेको छ ।

Advertisement

३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिज निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ रन बनायो । वेस्टइन्डिजका लागि युवा खेलाडी निकोलस पुरनले १ सय १८ रनको योगदान दिएपनि एक्लो प्रयास विशाल लक्ष्य पुरा गर्न पर्याप्त भएन ।

४८ ओभरको पहिलो बलमा एन्जिलो मेन्थिसले कुशल परेराबाट क्याच आउट गराउनु अघि पुरनले १ सय ३ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । पुरनले ९२ बलमा शतक पुरा गरेका थिए । यो पुरनको वान डे करियरको पहिलो शतक हो ।

Advertisement

विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले तेस्रो ओभरको दोस्रो बलमै सुनिल एम्ब्रिसलाई ५ रनमा गुमाएको थियो । उनलाई लाथिस मलिंगाले कुशल परेराबाट क्याच आउट गराए । मलिंगालेनै शाई होपलाई पाँचौं ओभरको अन्तिम बलमा ५ रनमा बोल्ड आउट गरे ।

Advertisement

१६ ओभरको दोस्रो बलमा कसुन रजिथाले क्रिस गेललाई ३५ रनमा क्याच आउट गराएपछि वेस्ट इन्डिज दबाबमा परेको थियो । गेलले ४८ बलमा २ छक्का र १ चौका प्रहर गरे । शिमरोन हिटमायर २९ रनमा रन आउट भए । जोसन होल्डर २६ र कार्लोस बर्थवेट ८ रनमा आउट भएपछि वेस्ट इन्डिज ३४।३ ओभरमा १९९(६ को कमजोर अवस्थामा पुगेको थियो ।

तल्लोक्रमका एविएन एलिनले ३२ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५१ रन जोड्दै इनिंग उकासेका थिए । ४५ ओभरको पहिलो बलमा निकोलस पुरनसँग रनमा तालमेल गर्न नसक्दा रन आाउट भएपछि वेस्ट इन्डिजको जित टाढिएको थियो । श्रीलंकाका लागि लाथिस मलिंगाले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट हात पारे । कसुन रजित,जेफ्री भान्डरसेय र एन्जिलो मेन्थिजले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३८ रन बनाएको थियो । श्रीलंकाको लागि युवा खेलाडी अभिष्का फर्नान्डोले १ सय ३ बलमा ९ चौका र २ छक्का सहित १ सय ४ रनको महत्वपूर्ण योगदान दिए । फर्नान्डोलाई ४८ ओभरको दोस्रो बलमा शेल्डन कट्रेलले फबिएन एलनबाट क्याच आउट गराए ।

फर्नान्डोले एक सय बलमा आफ्नो वान डे करियरको पहिलो शतक पुरा गरे । जारी विश्वकपमा श्रीलंकाबाट शतक प्रहार गर्ने फर्नान्डो पहिलो खेलाडी हुन् । कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले पहिलो विकेटका लागि १५।२ ओभरमा ९३ रनकोे साझेदारी गर्दै श्रीलंकालाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

यी दुईबीचको साझेदारी कप्तान जोसन होल्डरले शाई होपबाट दिमुथ करुणारत्नेलाई ३२ रनमा क्याच आउट गराउँदै तोडे । उनले ४८ बलमा ४ चौका प्रहार गरे । १९ ओभरको पहिलो रन आउट हुनुअघि कुशलले ५१ बलमा ८ चौका प्रहार गर्दै ६४ रनको योगदान दिए ।

३२ औं ओभरको पाँचौ बलमा फबिएन एलिनले कुशल मेन्डिसलाई ३९ रनमा क्याच आउट गरे । होल्डरले एन्जिलो मेथ्युजलाई २६ रनमा बोल्ड आउट गरे । तल्लोक्रमका लाहिरु थिरिमनेले ३३ बलमा ४ चौका सहित ४५ रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि कप्तान जोसन होल्डरले २,फबिएन एलिन,ओशन थोमस र कट्रेलले समान १ विकेट हात पारे ।

यो जितसँगै श्रीलंका ८ खेलमा समान ३ मा जित र ३ हारका साथ ८ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । यता वेस्ट इन्डिज ८ खेलमा ६ मा हार र १ मा जित सहित नवौं स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top