कंचनपुर पुर्नवासको विषय राष्ट्रियसभामा उठ्यो

१६ असार ७६, मंगलबार

१७ असार, काठमाडौँ ।
राष्ट्रियसभा सदस्य तारा देवी भट्टले कंचनपुरको पुर्नवास १० डोके बजारमा भएको घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न सरकारसंग माग गरेकी छन् । राष्ट्रियसभाको मंगलबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै नेपाली कांंग्रेसकी राष्ट्रियसभा सदस्य भट्टले संविधानले शान्ति पूर्ण विरोध प्रर्दशन गर्न पाउने संविधानसम्मत अधिकार प्रयोग गर्दा सत्तारुढ दलका कार्यकर्ताबाट सांघातिक हमला गर्ने काम भएको भन्दै घटनाको भत्र्सना गदै दोषीमाथि कारवाहीको माग गरेकी हुन ।

Advertisement

आक्रमणबाट घाईते भएका क्षेत्रीय सभापति गोवि उपाध्याय र नगर सचिव विक्रम चन्दको न्यूरो अस्पताल बाँसबारीमा उपचार भईरहेको भन्दै उनले उनीहरुको स्वास्थ्यउपचार र क्षतिपुर्ति उपलब्ध गराउन सरकार संग माग गरिन् । खानेपानी मन्त्री विना मगर सहभागी कार्यक्रममा कालो झण्डा देखाउने क्रममा दुईपक्षीय झडप भएको थियो ।

Advertisement

राष्ट्रियसभा सदस्य भट्टले खुला सिमाना भएको कंचनपुरको दक्षिणी भेगमा सम्झौता बमोजिम बनाउने भनिएको हुलाकी राजमार्गमा भारतीय पक्षबाट अवरोधको दीर्घकालिक समाधान खोज्न र कलुवापुर बेरौली सडक खण्ड निर्माण परियोजनाको ठेक्का रद्द भएको , हावाहुरी पीडीतलाई राहत उपलब्ध नगराएको, बेलौरी भन्सार नाका स्तरोन्नत्ति हुनुको सट्टा कटौति गरिएको, उखु किसानलाई उपलब्ध गराउने भनिएको अनुदान नदिएको भन्दै सर्वसाधरणहरु शान्तिपूर्ण प्रर्दशनमा उत्रिएको दाबी गरिन् । उनले स्थानीयवासीका सबै माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top