६ लेन सडकमा सरोकारवालाहरुको चरम लापरवाही, सडकको बीचमै बिजुलीका खम्बा !

१७ असार, विराटनगर ।
नेपालमा विकास निर्माणका काममा सम्बन्धित सरोकारवाला निकायहरुबीच समन्वय नहुने घटना पूरानो भने होइन । तर निमार्णाधीन रानी, विराटनगर हुदै धरानसम्मको ६ लेन सडक योजनाको टंकी सिनुवारी खण्डमा सरोकारवाला निकायबीच देखिएको समन्वयको अभावले सार्वजनिक महत्वका दीर्घकालीन योजनामा पनि उनीहरु कति लापरवाही गर्छन भन्ने कुरालाई उदाँगो पारिदिएको छ ।

विराटनगर महानगरपालिकाको उत्तरी सिमानामा रहेको विराटनगर गेटबाट मोरङको बुढिगंगा गाउँपालिकाको टंकीसिनुवारी सडक खण्डतिर हेर्दा सडकबीचमा एउटा अनौठो दृश्य देख्न सकिन्छ । पिच भईसकेको ६ लेन सडकको बिच भागमै एउटा बिजुलीको पोल ठडिएको छ । त्यसभन्दा केही पर पनि सडक बिचमा दायाँ–बायाँ दुवैतर्फ पोल ठडिएका छन् । सडक पिच अघि नै हटाउनु पर्ने ती पोलहरु विद्युत प्राधिकरण र परियोजनाबीच समन्वय नहुँदा पिच भएको लामो समय भईसक्दा पनि हटइएका छैनन् । पहिले त्यस ठाउँमा झण्डै एक दर्जन पोलहरु नै नसारी पिच गरिएको थियो । तर पछि केही पोलहरु हटाईएपनि केही पोलहरु अझै हट्न सकेका छैनन् । खुला सडकको बीच भागमा रहेका बिजुलीका पोल हट्न नसक्दा त्यस ठाउँमा धेरै दुर्घटना भईसकेका छन् । जसका कारण सवारी चलाउन कठिन हुने गरेको र ती पोलहरु तत्काल नहटाए कुनैपनि बेला अझ ठूलो दुर्घटना निम्तिन सक्ने सवारी चालकहरु बताउँछन् ।

सडकबीचमा रहेका बिजुलीका पोल दुर्घटनाको हिसाबले अत्यन्तै संवेदनशील भएपनि पोल सार्नका लागि नत ठेकेदार कम्पनी नै तातेको छ नत विद्युत प्राधिकरण नै । बिजुली सडक क्रसिङ गराउनका लागि ओभरहेडबाट क्रसिङ गर्नु पर्ने सम्झौता भएपनि त्यसो नगर्न विद्युत प्राधिकरणले परिपत्र गरेको थियो । तर, बजेट अभाव लगायतका कारण देखाउदै प्रोजेक्टमा ठूलो असर पुग्ने देखिएपछि प्राधिकरणले पुनः ओभरहेडबाटै क्रसिङ गर्न परिपत्र गरेको विराटनगर– धरान सडक योजनाका इन्जिनियर अमरेन्द्र यादवको भनाई छ । क्रसिङका लागि १३ मिटर उचाइको टेलिस्कोपीक पोल चाहिएको र बजारमा पोल नपाइएको बताउँदै उनले पोल आएपछि चाँडै नै सारिने दावी गरे ।

सवारी चलाउन जोखिम बढ्दै जादा नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले भने त्यो सबैको समस्या भएकोले त्यसबारेमा छलफल भइरहेको र पोल सार्ने तथा तारहरु फेर्ने काम चाँडै सुरु हुने बताए । २०७० सालदेखि निर्माण सुरु भएको सो ६ लेन सडक परियोजनाको काममा ढिलाइ हुनुका साथै कतिपय स्थानमा निर्माणमा पनि लापरबाही भएको पाइएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top