३३ किलो सुन प्रकरणः न्यायाधीश सिंह सेवाबाट बर्खास्त

१७ असार, काठमाडौँ ।
तेत्तीस किलो सुन अवैध निकासी तथा सनम शाक्य हत्या प्रकरणमा आदेश गर्ने उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंह सेवाबाट बर्खास्त भएका छन् । बदनियतपूर्ण आदेश गरेको अभियोगमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा सोमबार साँझ बसेको न्याय परिषद बैठकले सिंहलाई सेवाबाट बर्खास्त गरेको हो । छानबिनमा रहेका आठमध्ये सिंह सेवाबाट बर्खास्तमा परेका हुन् ।

यस्तै, बैठकले कार्यसम्पादनमा सचेत गराउँदै न्यायाधीशद्वय साधुराम सापकोटा र थीरबहादुर कार्कीको दुई वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको छ । असार ४ गतेको परिषद बैठकले सिंह, कार्की र सापकोटालाई सात दिने स्पष्टीकरण सोधेको थियो । न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीले सिंहलाई सेवाबाट हटाउने र अन्य दुई न्यायाधीशको बढुवा रोक्काको निर्णय भएको बताए ।

पेसी र सुनुवाइ व्यवस्थापनमा प्रचलित मान्यता तोडेर मुद्दा सुनुवाइ गरेको आरोपमा पाँच महिनादेखि आठ न्यायाधीश काजमा राखिएका थियो । सोही प्रकरणमा जोडिएका तत्कालीन मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलसहित तीन न्यायाधीशलाई भने असार ४ गतेको परिषद बैठकले ध्यानाकर्षपछि काममा फर्कने बाटो खोलिदिएको थियो । भुर्तेलसहित साराङ्गा सुवेदी र जनक पाण्डेलाई सामान्य सचेतमात्र गराउने निर्णय परिषदले गरेको थियो ।

तर, परिषद्ले गरेको विस्तृत छानबिनमा न्याय सम्पादनमा कैफियत फेला परेको भन्दै कार्की, सापकोटा र सिंहलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय भएको थियो । छानबिनकै चरणमा उमेर हदका कारण अवकाश पाइसकेका न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र उमेशराज पौड्यालको हकमा भने तामेलीमा राखिएको छ । काजमै रहेको अवस्थामा कर्ण र पौड्यालले अवकाश पाएका थिए ।

सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसे संयोजक रहेको समितिले छानबिनपछि प्रतिवेदन प्रधानन्यायाधीश एवं परिषद् अध्यक्ष चोलेन्द्रशमशेर जबरालाई बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा निर्णय गरिएको थियो । प्रारम्भिक छानबिन सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा नेतृत्वको टिमले गरेको थियो ।

सुनकाण्ड विवाद यस्तो थियो

३३ किलो सुन पैठारी तथा सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले चालक तथा लोडरलाई तारेखमा छाडेर अन्य अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालतको आदेशले धेरै अभियुक्त तारेखमा छुटेका थिए । एकै मिसिल एउटै मुद्दा भए पनि फुटाएर पेसी तोकिएको थियो ।
फुटाएर पेसी व्यवस्थापन गरेको विषय नै मुख्य छानबिनको विषय बनेको थियो । (गोरखापत्र अनलाइनबाट)

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top