×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

न्युजिल्यान्डलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

१९ असार २०७६

एजेन्सी,असार १९
न्युजिल्यान्डलाई हराउँदै घरेलु टोली इंग्ल्यान्ड एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितको सेमिफाइनलमा प्रवेश गरेको छ ।इंग्ल्यान्डले बुधबार राती भएको खेलमा न्युजिल्यान्डलाई १ सय १९ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्युजिल्यान्डको भविष्य भने शुक्रबार हुने पाकिस्तान र बंगलादेशको खेलको नतिजमा निर्भर रहने छ ।

३ सय ६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४५ ओभरमा अल आउट हुँदै १ सय ८६ रनमा समेटियो ।
न्युजिल्यान्डका लागि विकेटकीपर टम लेथमले सर्वाधिक ५७ रनको योगदान दिए । लियाम प्लन्केटको ३९ औं ओभरको तेस्रो बलमा विकेटकीपर जस बटलरबाट सहज क्याच आउट हुनुअघि लेथमले ६५ बलमा ५ चौका प्रहार गरे ।

Advertisement
Advertisement

न्युजिल्यान्डले पहिलो ओभरको पाँचौ बलमा ओपनर हेनरी निकोलसलाई शुन्यमा गुमाएको थियो । उनलाई क्रिस वोक्सले एलवी डब्लू आउट गरे । जोफ्रा आर्चरको छैटौं ओभरको दोस्रो बलमा बटलरले डाईभ हान्दै एक हातले उत्कृष्ट क्याच लिएपछि अर्का ओपनर मार्टिन गुप्टिल ८ रनमा आउट भए । १६ ओभरको पहिलो बलमा कप्तान केन विलियमसन २७ रनमा रन आउट हुनु न्युजिल्यान्डको लागि दुभाग्र्य सावित बन्यो । लगत्तै १७ ओभरको चौथो बलमा अनुभवी ब्याट्सम्यान रोस टेलर २८ रनमा रन आउट भएपछि न्युजिल्यान्डको जित टाढिएको थियो ।

जेम्श निशम १९ र कोलिन डी ग्राण्डहोम ३ रनमा क्याच आउट भएपछि न्युजिल्यान्डको जितको संभावना लगभग सकिएको थियो । मिचेल सान्टनार १२,टिम साउथी र म्याट हेनरीले समान ७ रनको योगदान दिए । इंग्ल्यान्डको जितमा मार्क उडले ९ ओभरमा ३४ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै क्रिस वोक्स,जोफ्रा आर्चर,लियाम प्लन्केट,बेन स्टोक्स र आदिल राशिदले समान १ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो । इंग्ल्यान्डका लागि ओपनर जोनी बेयरस्टोले १ सय ६ रनको उत्कृष्ट शतकीय योगदान दिए । ३२ ओभरको चौथो बलमा म्याट हेनरीले बोल्ड आउट गर्नु बेयरस्टोले ९९ बलमा १५ चौका र १ छक्का प्रहार गरे ।

बेयरस्टोले ९५ बलमा आफ्नो वान डे करिअरको नवौं तथा जारी विश्वकपमा दोस्रो शतक पुरा गरे । बेयरस्टोले यस अघि भारतसँगको खेलमा पनि शतक प्रहार गरेका थिए । विश्वकपका लगातार खेलमा शतक प्रहार गर्ने उनी इंग्ल्यान्डका पहिलो खेलाडी बने ।

ओपनर बेयरस्टोले पहिलो विकेटका लागि जोसन रोयसँग १ सय २३ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिएपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानले ठूलो इनिङ खेल्न नसक्दा विशाल योगफल बनाउन चुकेको हो। १९ ओभरको चौथो बलमा जेम्श निशमले मिचेल सान्टनारबाट क्याच आउट गराउनुअघि रोयले ६१ बलमा ८ चौका सहित ६० रन जोडे ।

ट्रेन्ट बोल्टले ३१ ओभरको पहिलो बलमा जो रुटलाई २४ रनमा क्याच आउट गराए । बोल्टलेनै विकेटकीपर जस बटलरलाई ३५ ओभरको दोस्रो बलमा कप्तान केन विलियमसनबाट ११ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्डको रनको गतिमा कमि आएको थियो ।

४२ ओभरको अन्तिम बलमा ठूलो शट खेल्ने धुनमा बेन स्टोक्स बाउन्ड्रीलाई नजिकै ११ रनमा क्याच आउट हुन पुगे । कप्तान इओन मोर्गनले ४० बलमा ५ चौका प्रहार गर्दै ४२ रनको योगदान दिए । क्रिस वोक्स ४,आदिल राशिद १६ र लियाम प्लन्केटले १५ रनको योगादान दिए ।

Advertisement

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट,म्याट हेनरी र जेम्श निशमले समान २ विकेट लिए भने मिचेल सान्टनार र टिम साउथीको नाममा ११ विकेट रह्यो ।
इंग्ल्यान्ड ९ खेलमा ६ मा जित र ३ मा हारका साथ १२ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ भने न्युजिल्यान्ड पनि ९ खेलमा ५ मा जित र ३ मा हारका साथ ११ अंक बटुल्दै चौथो स्थानमा छ । शुक्रबार हुने पाकिस्तान र बंगलादेश बिचको खेलमा पाकिस्तान पराजित भए न्युजिल्यान्ड स्वत सेमिफाइनलमा प्रवेश गर्ने छ । पाकिस्तान विजयी भए नेट रन रेटका आधारमा टुङ्गो लाग्ने छ । अष्टेलिया र भारत यसअघिनै सेमिफाइनलमा पुगि सकेका छन्

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top