×

NEPAL TIMES UPDATES

Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026
Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026

शक्ति बाँडफाँडमै शक्ति संघर्ष !

१४ माघ २०७४

काठमाडौं-पार्टी एकता, सरकार गठन र प्रदेश सरकार गठन लगायतमा शक्ति बाँडफाँडका लागि दुई बामघटकका शीर्ष नेतावीच सघन संवाद शुरु भएको छ ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच शुक्रवार दुई घण्टा भन्दा बढी कुराकानी भएको थियो ।
त्यसपछि उनीहरु आइतवार संवादमा जुटे ।
संवाद शक्ति बाँडफाँडमै केन्द्रित छ ।

पछिल्लो पटक यी दुई नेताको निर्देशन अनुसार कार्यदलले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद र सभामुखको टुंगो लगाउने गृहकार्य गरेको छ ।
मुख्य मन्त्री र प्रदेश सभामुखको विषयमा अनौपचारिक समझादरी बनेको बताइएपनि औपचारिक निर्णय भने भएको छैन ।
पछिल्लो पटक दुई बामवीचको पार्टी एकता प्रक्रियामा केही जटिलता आएको समाचार आईरहेका बेला ओली र प्रचण्ड सघन संवादमा जुटेका हुन् ।
पार्टी एकताको निर्णायक छलफलसँगै ओली र प्रचण्ड आ आफ्नो रणनीतिमा पनि जुटेका छन् ।
आइतवारसम्म प्रदेशको शक्ति बाँडफाँड टुंगाउने गरी कार्यदलमा छलफल भएको छ ।

Advertisement

कार्यदलले बेला बेलामा शीर्ष नेताहरुसँग परामर्श लिएर प्रदेशको शक्ति बाँडफाँडको रोडम्याप बनाएको छ ।
शुक्रवार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले प्रदेशको बाँडफाँड टुंगाउन कार्यदललाई निर्देशन दिएका थिए ।
त्यसपछि कार्यदलले थप संवाद थालेको थियो ।
आइतावरसम्म शक्ति बाँडफाँडको काम टुंगाउने तयारी छ ।

विहिवारको वैठकमा कार्यदलले प्रदेश मन्त्रिपरिषदको आकारका विषयमा सहमति बनेको थियो ।
माओवादीले दुई वटा प्रदेशमा मुख्य मन्त्री र चारवटामा सभामुख बाँडफाँडको प्रस्ताव गरेको थियो ।
यद्यपी यसमा एमालेको सहमति रहे वा नरहेको वारे केही आएको छैन् ।
माओवादीले ६ र ७ प्रदेशमा मुख्यमन्त्रीको दावी गरेको छ ।

१, ३, ४ र ५ मा एमालेले मुख्य मन्त्री पाउँदा आफुले सभामुख पाउनुपर्ने माओवादी दावी छ ।
आफुले मुख्य मन्त्री पाएको ठाँउमा एमालेलाई सभामुख दिने माओवादीको प्रस्ताव छ ।
२ नम्वर प्रदेशमा भने मधेशवादी दलको सरकार बन्ने सम्भावना छ ।

बामगठबन्धनभित्र पनि मुख्यमन्त्रीका आंकाक्षी धेरै छन्, जसले नेताहरुमाथि मुख्यमन्त्री चयनमा समस्या आइपरेको छ ।
प्रदेश १ मा एमालेका भीम आर्चाय र शेरधन राइवीच मुख्यमन्त्रीको लडाईं छ । यहाँ एमालेको एकल बहुमत छ ।

प्रदेश ३ मा एमालेका अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाई, राजेन्द्रप्रसाद पाण्डे, केशव स्थापित र सानुकुमार श्रेष्ठवीच मुख्यमन्त्री बन्ने दौड चलेको छ । यहाँ पनि एमालेको एकल बहुमत छ ।
प्रदेश ४ मा एमालेकै किरण गुरुङ र पृथ्वी सुव्वा गुरुङ मुख्यमन्त्रीका दावेदार छन् । यहाँ बामगठबन्धनको बहुमत छ । त्यसो नभए साना दल निर्णायक बन्न सक्छन् ।
प्रदेश ५ मा शंकर पोखरेल मुख्यमन्त्रीका दावेदार हुन । उनलाई एमालेको ५ नम्वर प्रदेश संसदीय दलले दलको नेता पनि चयन गरिसकेको छ ।तर, बामगठबन्धन टुटे नयाँ समीकरणको खतरा रहनेछ ।

प्रदेश ६ मा माओवादीका महेन्द्रबहादुर शाही र नरेश भण्डारी तथा एमालेका प्रकाश ज्वाला र यमलाल कँडेल मुख्यमन्त्रीका दावेदार देखिएका छन् ।
यहाँ एमालेविना सरकारै बन्न नसक्ने अंकगणित छ ।

प्रदेश ७ मा माओवादीका बीरमान चौधरी र झपट बोहरा मुख्यमन्त्रीको दौडमा छन् ।
यहाँ गठबन्धनको बहुमत छ । तर, बामगठबन्धन टुटे राजपा निर्णायक बन्न सक्छ ।

प्रदेश संसदले सपथ लिईसकेका छन् । केही प्रदेशसभाको पहिलो वैठकको मितिय समेत तय भैसकेको छ ।
अव बस्ने प्रदेशसभाको वैठकपछि प्रदेश सरकार गठन र सभामुख चयनको प्रक्रिया अगाडि बढनेछ ।

पार्टी एकतालगायतका विषयमा केन्ीय शक्ति बाँडफाँडमा भने कार्यदल अझै औपचारिक रुपमा प्रवेश गरेको छैन ।
यस विषयमा दुई दलबीच फरक फरक अडान छन् ।

भर्खरको समाचार

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

सम्बन्धित खबरहरु

Scroll to Top