सरकारी जग्गा हिनामिनाबारे छानबिन गर्न सिआइबीको म्याद थप

१९ असार ७६, शुक्रबार

काठमाडौँ  : सरकारले जग्गाहरूको हिनामिनाबारे छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को छानबिन समितिको म्याद डेढ महिना थपेको छ ।

Advertisement

यही असार १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिनासम्बन्धी छानबीन समितिको प्रतिवेदन कार्यान्वयन गर्न साउन २८ गतेसम्म म्याद थप गर्ने निर्णय गरेको थियो ।

सरकारको २०७५ फागुन २८ गतेको निर्णयबमोजिम उक्त समिति गठन गरिएको थियो ।, यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top