आईफा अवार्ड गरेरै छाड्ने प्रधानमन्त्री ओलीको दाबी

२० असार, काठमाडौँ ।
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘आईफा अवार्ड’ रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले हल्लाको भरमा दिइएको सो निर्देशन सरकारलाई मान्य नहुने स्पष्ट पार्दैै सो अवार्डको आयोजना अनुकूल समयमा गरेरै छाड्ने दृढता पनि व्यक्त गरे ।

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन उपयोगी हुने भएकाले सरकारले सो अवार्ड आयोजना गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । ‘देशका लागि राम्रो र फाईदाजनक हुने भो भने अनुकूल समय मिलाएर सो अवार्ड आयोजना गर्न सरकार तयार छ,’प्रधानमन्त्री ओलीको स्पष्टिकरण थियो, ‘राष्ट्रलाई हानी हुने गरेर सो अवार्ड आयोजना हुँदैन ।’ उनले छलफलको क्रममै रहेकोे सो अवार्ड आयोजना गर्ने विषयलाई ‘सर्वनाश हुने भो’ भनि फर्मान जारी गर्ने काम संसदीय समितिले गरेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गरे ।

संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सो अवार्ड राष्ट्रको हितमा नरहेको भन्दै आयोजना नगर्न सरकारलाई निर्देशन दिएको थियो । संसदीय समितिको सो निर्देशन उचित नभएको प्रधानमन्त्री ओलीको दावी छ । प्रधानमन्त्री ओलीले सरकार विरोधीहरुको विरोधबाट विचलित नभई मुलुकलाई समृद्ध बनाउने अभियानमा लागिरहने प्रतिवद्धता पनि व्यक्त गरे ।

समाजवादी पार्टी, नेपालका असन्तुष्ट नेताहरु कल्पना धमला, देवेन्द्र पराजुलीलगायतका नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै उनले काठमाडौंमा माक्स लगाउन नपर्ने आफनो अभिव्यक्तिको पनि बचाउ गरे । प्रधानमन्त्री ओलीले आफूले केही दिन अघि काठमाडौंको बाटोमा सुधार आएकाले माक्स नलगाई पनि हिँडन सकिने अभिव्यक्ति दिएको तर त्यसलाई विरोध गर्न केहीले माक्स लगाएर हिँडन थालेको पनि बताए ।

प्रधानमन्त्री ओलीले काँग्रेसप्रति संकेत गर्दै चुनाव हारेको दलले सरकारको विरोध गर्न लोकतन्त्रमा पाउने पनि बताए । उनले विकास विरोधी तत्वहरु सक्रिय रहेको उल्लेख गर्दै उनीहरुलाई निष्तेज पारेर अघि बढन सरकार सक्षम रहेको पनि बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top