हिसान स्पोर्टस् मिटमा टिटिको कान्तिपुर, शिक्षादीप, मेरील्याण्ड र बास्केटबलको भानुलाई उपाधि

१४ माघ ७४, सोमबार

विराटनगर, माघ १५
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिटमा आइतबार भएको विभिन्न खेलको उपाधि विराटनगर चार वटा कलेजले जितेको छ । हिसान मोरङको आयोजनामा विराटनगरमा भएको टेबल टेनिसमा कान्तिपुर, शिक्षादीप, मेरील्याण्ड र बास्केटबलमा भानु कलेजले उपाधि जितेको हो ।

विराटनगरमा आइतबार सम्पन्न भएको टेवलटेनिस छात्र टिम इभेन्टमा कान्तिपुरले शिक्षादीपलाई ३–० को सेटले पराजित गरी कान्तिपुरले उपाधि जितेको हो । सोही दिन सम्पन्न भएको टिम भइेन्ट छात्रातर्फ शिक्षादीपले मेरील्याण्डलाई ३–२ सेटले पराजित गरी टेबलटेनिसको उपाधि शिक्षादीपले जितेको हो ।

सिङगल छात्रतर्फ भएको खेलमा मेरील्याण्डका राहुल साहले कान्तिपुरका शुभम श्रेष्ठलाई ३ –१ को सेटले पराजित गरी मेरील्याण्डका राहुल प्रथम भए । त्यस्तै छात्रातर्फ कान्तिपुरकी अन्जली मण्डलले मेरील्याण्डकी अंकिता उदासलाई ३–२ को सेटले पराजित गरी कान्तिपुरकी अन्जली प्रथम भइन् ।

Advertisement

बास्केटबलको उपाधि भानुलाई
आइतबार सम्पन्न भएको बास्केटबलको उपाधि भानु कलेजले जितेको छ । भानुले मेरील्याण्डलाई २३–१९ पैइन्टले पराजित गरी भानुले उपाधि जितेको हो ।

फुटबलमा अरनीको र लर्डबुद्ध सेमिमा
स्थानिय सहिद रङगशालमा फुटबलको पहिलो खेलमा अरनीले दिल्ली पब्लिकलाई टाईब्रेकमार ४–१ गोल अन्तरले हराउँदै अरनीको कलेज सेमिफाइनलमा प्रवेश गरेको हो

Advertisement

निर्धारीत समयसम्म १÷१ गोलको बराबरी भएपछि खेलको छिनोफानो टाइब्रेकरबाट भयो । टाइब्रेकरमा अरनीको तर्फबाट मलिन कार्की, भास्कर चौधरी, सूर्य राजवंशी, ज्ञान बहादुर मगरले गोल गरी टिमको जित सुनिश्चत गरे । खेलको म्यान अफ म्याच अरनिको ज्ञानबहादुर मगर घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा लर्डबुद्धले उर्लाबारीमा रहेको नेपाल दर्शन कलेजलाई टाईब्रेकरमा २–१ गोल अन्तरलले पराजित गरी लर्डबुद्ध सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयसम्म गोलरहित खेल बराबरीभएपछि टाईब्रेकर भयो ।

टाईब्रेकरमा लर्डबुद्धका निश्चीत पुरी र अजय कार्की गोल गरे भने नेपाल दर्शका रबट घिमिरेले मात्र गोल गर्दा पराजित भयो । खेलको म्यान अफ म्याच लर्डबुद्धका गोल किपर नविन थापा घोषित भए ।

भलिबलमा लर्डबुद्ध, शिक्षादीप र अरनीको विजयी
छात्रा भलिबलमा लर्डबुद्ध, शिक्षादीप र अरनीको कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेका छन् । विराटनगकरो कोशी क्याम्पसको खेल मैदानमा भएको महिला भलिबको पहिलो खेलमा लर्डबुद्धले मोर्डन एरालाई ११–२५, २५–२०, २६–२४ सेटले पराजित गरी लर्डबुद्ध दोस्रो चरणमा प्रवेश गरेको हो ।

सोही दिन भएको दोस्रो खेलमा शिक्षादीपले नेशनल एकाडेमीलाई २५–६, २५– १८ को सोझो सेटले पराजित गरी शिक्षादीप दोस्रो चरणमा प्रवेश गरेको हो । त्यस्तै तेस्रो खेलमा अरनीको कलेजले कान्तिपुरलाई २५–१७, २५– १६ को सोझो सेटले पराजित गरी अरनीको दोस्रो चरणमा प्रवेश गर्यो ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top