मुख्यमन्त्रीका लागि चुनावी प्रकृयामा समेत तयार छु : शेरधन राई

१४ माघ ७४, सोमबार

विराटनगर, माघ १५
प्रदेश नम्बर १ का प्रदेशसदस्य तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य शेरधन राईले १ नम्बर प्रदेशको मुख्यमन्त्री हुनका लागि चुनावी प्रक्रियामा जान समेत आफू तयार रहेको उद्घोष गरेका छन् ।

विराटनगरमा संचारकर्मीसंग कुराकानी गर्दै राईले पार्टीको स्थायी समितिले गरेको निर्णय आफ्ना लागि मान्य हुने बताउँदै यदि प्रदेशमै चुनावी प्रक्रियाबाट संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री बनाउने हो भने पनि आफू पछि नहट्ने बताए ।

प्रदेश नम्बर १ को मुख्यमन्त्री दावी गर्दै भोजपुरबाट चुनाव जितेका राईले यस क्षेत्रको भौगोलिक र ऐतिहासिकताका हिसावले पनि आफू उम्मेदवारका लागि योग्य रहेको दावी गरे ।

Advertisement

माघ भित्रै नभए पनि फागुन ३ गते भित्र प्रदेश सरकार बनिसक्ने भएकाले पार्टीको निर्णय अनुसार अव संसदीय दलको नेता छान्ने प्रक्रिया छिट्टै सुरु हुने उनको भनाइ छ ।

९३ सदस्य रहेको प्रदेशसभामा नेकपा एमाले एक्लैको ५१ सदस्यसहित बहुमत छ । संसदीय दलको नेतालाई मुख्यमन्त्री चयन गर्ने प्रावधान भएकाले पनि मुख्यमन्त्री हुनु अघि संसदीय दलको नेता चयन हुनुपर्छ ।

Advertisement

प्रदेश नम्बर १ मा पार्टीका स्थायी समिति सदस्य एवं पार्टी सचिव भीम आचार्यले पनि मुख्यमन्त्रीको दावी गर्दै आएका छन् । यसैबीच एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले पनि प्रदेशको मुख्यमन्त्रीको दावी गर्दै लविङ सुरु गरेका छन् । तिनै नेताले दावी गरेपनि मुख्य मन्त्रीका लागि राईलाई बलियो उम्मेदवार मानिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top