हिन्दु राष्ट्रको एजेण्डालाई अस्वीकार गरेको छैन : थापा

१४ माघ ७४, सोमबार

विराटनगर, माघ १५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम उपप्रधानमन्त्री कमल थापाले जनताले हिन्दु राष्ट्रको एजेण्डालाई अस्वीकार नगरेको बताएका छन् ।

विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले गएको निर्वाचनमा राप्रपाले हार बेहोर्नुपरेको सन्दर्भलाई लिएर जनताले हिन्दू राष्ट्रको एजेण्डालाई अस्वीकार गरेको भन्न नमिल्ने बताए ।

Advertisement

उनले राप्रपाले हिन्दू राष्ट्र र राजसंस्था सहितको लोकतन्त्रको वकालत गरेकै कारण हार बेहोर्नुपरेको कुरामा सत्यता नभएको बताउदै नेपालमा राष्ट्रबादी शक्ति बलियो नहोस भनेर चाहने देशी बिदेशी शक्तिको इशारामा भएको पार्टी विभाजन प्रमुख कारक रहेको दाबी गरे ।

उनले ९४ प्रतिशत सनातन धर्मावलम्बी रहेको देशमा अहिलेपनि जनमत संग्रह गराए ८० प्रतिशत जनताको हिन्दू राष्ट्रको पक्षमा मत आउने दाबी समेत गरे ।

Advertisement

निर्वाचनको पुर्वसन्ध्यामा भएको पार्टी विभाजन कांग्रेससंग गरिएको सहकार्यमा कांग्रेसले इमान्दारिता नदेखाएको र पार्टीका बिषयमा ग्रामिण तहसम्म पुगेको भ्रमका कारण राप्रपाले हार बेहोर्नुपरेको उनले बिश्लेषण गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top