उर्लावारी, माघ १४
मोरङको रतुवामाई नगरपालिकाका ज्येष्ठ दम्पत्तिले जिल्लाको उर्लाबारी ५ का दृष्टिविहीन दम्पत्तिलाई व्यवसायिक आर्यआर्जनका लागि ५१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
.
रतुवामाई नगरपालिका ५ गोविन्दपुरका ७७ वर्षीय जागिरमान दुमी राई र उनकी श्रीमती ६९ वर्षीया सुवासी राईले दृष्टिविहीन दम्पत्ति राजकुमार र इन्दिरा राईलाई घरमै पुगेर सो रकम प्रदान गरेका हुन् ।
सहयोगदाता दम्पत्तिले आफूहरुले तीर्थ घुम्ने रकम दृष्टिविहीन दम्पत्ति र तिनका सन्तानको सहयोगका लागि प्रदान गरेर तीर्थ घुमेको धार्मिक फल पाउने विश्वास व्यक्त गरे ।
सहयोग प्राप्त गरेपछि खुसी व्यक्त गर्दै दृष्टिविहीन राजकुमारले सो रकममध्ये केहीले मुढा बुन्न लगानी गर्ने र केही रकम बचाएर कोष खडा गर्दै २ छोरीहरुका लागि जम्मा गरिदिने बताए ।