×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

रोहित र राहुलको शतकसँगै भारतद्धारा श्रीलंका ७ विकेटले पराजित,भारत शीर्षस्थानमा

२२ असार २०७६

एजेन्सी, असार २२
जारी एक दिवसिय विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । लिड्समा २ सय ६५ रनको लक्ष्य पछ्याएको भारतले ओपनर रोहित शर्मा र के एल राहुलले शतक प्रहार गरेपछि ४३.३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो ।

यस जितसँगै भारत ९ खेलमा ७ मा जित र १ मा हारका साथ १५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । शनिबारै सम्पन्न खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँगको पराजित भएपछि भारत शीर्ष स्थानमा रहेको हो ।

Advertisement
Advertisement

भारतका लागि ओपनर रोहित शर्माले कीर्तिमानी शतक प्रहार गरे । रोहित ९४ बलमा १४ चौका र २ छक्का सहित १ सय ३ रनमा क्याच आउट भए । उनी ३१ औं ओभरको पहिलो बलमा राजिथाको बलमा क्याच आउट भए । रोहितले २९ औं ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै आफ्नो वान डे करिअरको २७ औं शतक पुरा गरेका थिए । रोहित एकै विश्वकपमा पाँच शतक पुरा गर्ने पहिलो ब्याट्सम्यान हुन् ।

 

त्यस्तै अर्का ओपनर के एल राहुलले पनि १ सय ११ रनको उत्कृष्ट शतक प्रहार गरे । ४१ ओभरको अन्तिम बलमा लाथिस मलिंगाले विकेटकीपर कुशल परेराबाट क्याच आउट गराउनु अघि राहुलले १ सय १८ बलमा ११ चौका र १ छक्का प्रहार गरे । राहुलले १ सय ९ बलमा आफ्नो विश्वकपको पहिलो तथा वान डे करियरको दोस्रो शतक पुरा गरे । रोहित र राहुलले पहिलो विकेटका लागि ३०।१ ओभर सम्म १ सय ८९ रनको उत्कृष्ट शतकीय साझेदारी गरे ।

त्यस्तै कप्तान विराट कोहलीले ४१ बलमा ३ चौका सहित ३४ रनमा अविजित रहे । ऋषभ पन्त ४ रहार्दिक पान्ड्या ७ रनको योगदान दिए ।श्रीलंकाका लागि लाथिस मलिंगा,इसुरु उडना र कसुन राजिथाको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६४ रन बनायो । निकै खराब सुरुवात गरेको श्रीलंकालाई अनुभबी ब्याट्सम्यान एन्जिलो म्याथ्युजले १ सय १३ रनको शतकीय महत्वपूर्ण योगदान दिए । ४९ ओभरको दोस्रो बलमा जसप्रित बुमराहले रोहित शर्माबाट क्याच आउट गराउनु अघि म्याथ्युजले १ सय २८ बलमा १० चौका र २ छक्का प्रहार गरे ।

म्याथ्युजले १ सय १५ बलमा आफ्नो वान डे करिअरको तेस्रो शतक पुरा गरेका थिए । उनले वान डे करिअरमा प्रहार गरेका तीनै शतक भारतविरुद्ध रह्यो । विश्वकपमा उनको पहिलो शतक हो । त्यस्तै धनन्जय डी शिल्भा २९ रनमा अविजित रहे ।

एक समय ११.४ ओभरमा ५५–४ को कमजोर अवस्थामा पुगेको श्रीलंकालाई पाँचौ विकेटका लागि एन्जिलो म्याथ्युजले लाहिरु थारिमनेसँग १ सय २४ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासे । कुलदीप यादवको ३८ ओभरको पाँचौ बलमा ठूलो सर्ट खेल्ने धुनमा रविन्द्र जडेजाबाट क्याच आउट हुनुअघि लाहिरुले ६८ बलमा ४ चौका सहित ५३ रनको महत्वपूर्ण योगदान दिए ।

श्रीलंकाले चौथो ओभरको चौथो बलमा कप्तान दिमुथ करुणारत्नेलाई १० रनमा गुमाएको थियो । उनलाई जसप्रित बुमराहले महेन्द्रसिंह धोनीबाट क्याच आउट गराए । बुमराहलेनै कुशल परेरालाई १८ रनमा क्याच आउट गराए ।

Advertisement

परेराले १४ बलमा ३ चौका प्रहार गरे । ११ ओभरको चौथो बलमा रविन्द्र जडेजाले बल बिट गराउँदै कुशल मेन्डिसलाई महेन्द्रसिंह धोनीबाट ३ रनमा स्टम्पिङ आउट गराए । अभिष्का फर्नान्डोलाई हार्दिक पान्ड्याले २० रनमा क्याच आउट गराएपछि श्रीलंका कमजोर अवस्थामा पुगेको थियो । भारतका लागि जसप्रित बुमराहले १० ओभरमा २ मेडन सहित ३७ रन खर्चेर ३ विकेट हात पारे । भुवनेश्वर कुमार,हार्दिक पान्ड्या,रविन्द्र जडेजा र कुलदीप यादवले समान १ विकेट हात पारे ।अब भारतले न्युजिल्यान्डसँग सेमिफाइनल खेल्ने छ ।

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top