१२ ठाउँमा सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाइँदै

काठमाडाैं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ ठाउँमा सुरुङमार्गको अध्ययन गरेर निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । नौबिसे–नागढुंगा, सिद्धबाबा, खुर्कोट–चियाबारी, कुलेखानी–भीमफेदी, हेम्जा, लामाबगर, गुर्जेभञ्ज्याङ, दाउन्ने, थानकोट–चित्लाङ, कोटेश्वर–जडीबुटीलगायत स्थानमा सुरुङमार्ग बनाउन लागिएको हो ।

‘पहिलो हामीसँग सुरुङमार्ग निर्माणका लागि अनुभवी जनशक्ति छैन, अर्कोतिर सुरुङमार्ग निर्माण गर्दा आर्थिक रूपले कति फाइदामा छौं भन्ने विस्तृत अध्ययन गर्नुपर्छ,’ सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक शिव नेपालले भने, ‘दैनिक १० हजार गाडी गुड्ने सडकमा सुरुङमार्ग निर्माण गर्दा मात्रै आर्थिक रूपले फाइदा हुन्छ, सुरुङ निर्माण गर्दा सडकको दूरी घट्नुपर्‍यो, इन्धन खपत पनि कम हुनपर्छ, त्यो भएन भने आर्थिक रूपले घाटा हुन्छ ।’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सबै सुरुङको प्रारम्भिक चरणको काम चाँडै अघि बढाउने जानकारी दिए । ‘अन्डरपासलगायत सुरुङ निर्माण तीव्र गतिमा अघि बढाउँछौं,’ उनले भने, ‘प्रारम्भिक चरणको काम गर्न कुनै गाह्रो छैन, हामीले बजेट विनियोजन गरिसकेका छौं । याे समाचार आजकाे कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top