×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

काठमाडौँमा अनौठा प्रकृतिका अपराधहरु देखिन थालेपछि…

२२ असार २०७६

२२ असार, काठमाडौँ ।

हालसालै काठमाडौँको डल्लुुलगायत केही स्थानमा अनौठो प्रकृतिको दुुई घटना भए । एक युवतीलाई किला घोप्ने र अर्को युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने ।

Advertisement
Advertisement

किला घोपिएको घटना सामाजिक सञ्जालमार्फत सिरिञ्ज आक्रमणका रुपमा दुुस्प्रचार हुँदा आम जनमासमा एक किसिमको त्रास फैलियो । यद्यपि घटना अन्य आपराधिक घटनाभन्दा पृथक खालको थियो । रोग सङ्क्रमण हुने डरले पीडितहरु उपचारका लागि शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुुगे ।

रामेछाप घर भई हाल काठमाडौँको नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्की पक्राउ परेपछि भने घटनामा सिरिञ्जको प्रयोग होइन काँटी प्रयोग भएको खुुलेपछि त्रास केही हदमा हराउँदै गएको छ तर अहिले पनि कुनै सामान्य पिड्को देखियो वा हिँड्दा कसैसँग ठोक्कियो या कोतरियो भने पनि घोचेर भाग्यो भनेर प्रहरीमा आउने क्रम कायमै रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी अनुभव सुनाउँछन् ।

मिडियाबाट गलत प्रचार भइदिँदा सामाजिक त्रास उत्पन्न भएको उनको भनाइ छ ।

उनीविरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४, परिच्छेद ५ को दफा १०४ मा सामाजिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा, नैतिकता विरुद्धको कसुरअन्तर्गत मुद्दा चलाइएको छ । छ महिलाको लिखित उजुरीमा मुद्दा चलिरहेको छ ।

अर्को अनौठो घटना असारको दोस्रो साता काठमाडौँको बनस्थलीको एक गल्लीमा भयो । क्याम्पस पढ्न जाने–आउने क्रममा गल्लीमा बसेर बारा कलैयाका ३९ वर्षीय जादुलाल कुर्मीले छात्रालाई गुप्ताङ्ग देखाएर अश्लील हर्कत गरे ।

पीडितहरुको उजुरीका आधारमा पक्राउ परेका उनले प्रहरीसँगको बयानका क्रममा आफूलाई रमाइलो लाग्ने गरेकाले गुप्ताङ्ग देखाउने गरेको बताएका बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह रानाले बताए ।

उनीमाथि मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२२ अनुसार सार्वजनिक स्थानमा गुप्ताङ्ग देखाएको कसुरमा मुद्दा चलाइएको छ ।

यसअघि सार्वजनिक बसमा एक युवतीको पछाडि बसेर अश्लील हर्कत गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको थियो । यी प्रतिनिधि घटना हुन् । यस्ता अनौठा अश्लील खालका घटना बेलाबेलामा देखिने गरेको छ ।

महानगरीय प्रहरी परिसरले दिएको जानकारीअनुसार सार्वजनिक यातायातमा महिलामा टाँसिने, महिला देख्ने बित्तिकै अश्लील शब्द बोल्ने, महिलाको शौचालयमा छिरेर आनन्द लिनेजस्ता घटनासमेत भएका छन् ।

परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदी भन्छन्, ‘एक पटक महिलाको भित्री वस्त्र लुकाउने चोर्ने घटना पनि भयो ।’

‘यस्ता अनौठा प्रकृतिका घटना कहिलेकाहीँ देखिन्छ, यो मानसिक विकृति हो, मनस्थिति गडबडी भएका बेला यस्ता घटना हुन्छन् । कतिपय घटना अभिलेखसमेत हुन नसकेका पनि छन्, महिला देख्ने बित्तिकै उत्तेजित हुने घटना देखिएका छन्’, सुवेदीले थप जानकारी दिए । यस्ता घटना प्रायः गरेर अहिलेको पुस्तामा देखिएको नकारात्मक प्रवृत्ति हो, भन्छन् सुवेदी ।

सामाजिक सञ्जालको दुरुपयोगले पनि घटना बढाउन मद्दत गरिरहेको छ । मनोविद्का अनुसार यस्ता गतिविधि बढ्दै गएमा मान्छे एकोहोरो भएर जघन्य अपराधमा संलग्न हुने या आत्महत्याको बाटो अपनाउनसमेत पछि पर्दैन ।

पछिल्ला यी घटनाहरु अध्ययन गर्दा उनीहरुले नियतवश योजनाबद्ध रुपमा घटना घटाएको नभई आफ्नो अगाडि एकान्तमा जो देखिन्छ उनीहरुमाथि आक्रमण गरेर मन शान्त पार्ने गरेको देखिएको सुवेदीले बताए ।

मानसिक रोग विशेषज्ञ डा सिपी सेढाईंले यस्ता घटनाहरु परीक्षण नगरी यसै भन्न नसकिने उल्लेख गर्दै भन्छन्, ‘सामान्यतः मदिरा, लागुऔषध दुुव्र्यसनको लत वा वंशाणुुगत तथा कसैकसैमा जन्मैदेखि नकारात्मक भाव पैदा हुने खालका व्यक्तिहरु महिलाप्रति आकर्षित हुने, जिस्काउने, ‘ब्लफकल’ गर्ने र अश्लील क्रियाकलाप गर्ने हुन्छन् ।’

‘मेनिया (वाइपोलार डिसअडर) का कारणले पनि मानिस नकारात्मक क्रियाकलापमा उद्दत हुन्छन्, कुनै कुनै विगतका घटनाबाट असर परेर पनि हुनसक्छ’, उनले थपे ।

मनोविद् डा नरेन्द्रकुमार ठगुन्ना कुनै पनि घटनाबाट असर परेका व्यक्तिमा पनि नकारात्मक भाव पैदा हुने र त्यो बेला उसले आत्मसन्तुष्टिका लागि अश्लील हर्कत देखाउने बताउँछन् ।

उनले मनोवैज्ञानिक रुपमा भन्दा यौनसँग सम्बन्धित मानसिक समस्या हो भन, ‘यौनसँग सम्बन्धित मनोविकृति हो, यस्ता क्रियाकलाप गरेर उसले सन्तुष्टि लिने चाहना राख्छ, लामो समयसम्म भइरह्यो, परिवार सचेत भएन भने कडा खालको मानसिक समस्या उत्पन्न हुन सक्ने र कालान्तरमा अपराध र आत्महत्यासम्मको घटना हुनसक्ने हुन्छ ।’

Advertisement

महिला रातिमा एक्लै ननिस्कने, एक्लै नहिँड्ने, एकान्त ठाउँ र त्यस्ता व्यक्तिको जमघट हुने ठाउँमा सचेत हुने, शङ्कास्पद गतिविधि हुने तथा शङ्कास्पद स्थानबारे प्रहरीलाई खबर गरेमा घटनाबाट बच्न सकिने प्रहरीको भनाइ छ ।रासस

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top