आर्थिक संकटमा गुज्रिरहेको वायुसेवा निगमको व्यवस्थापन विदेशीलाई

२४ असार ७६, मंगलबार
Share this
801shares

काठमाडौं : आर्थिक संकटमा गुज्रिरहेको नेपाल वायुसेवा निगम व्यवस्थापनको जिम्मा विदेशीलाई दिइने भएको छ। त्यसका लागि निगमै पूर्वनायब प्रबन्ध निर्देशक राजुबहादुर केसीको संयोजकत्वमा समिति बनाइएको हाे।

Advertisement

समितिले व्यवस्थापन करारको आशयपत्र बनाउने कार्यादेश पाएको छ। समितिमा निगमकै कर्पोरेट, फाइनान्स, कमर्सियल विभागका प्रमुख र एक प्राविकधिक सदस्य छन्। दुईटा वाइड बडीको २४ अर्ब र पुरानोसमेत गर्दा ३७ अर्ब ऋणको किस्ता तिर्न नसकेर निगम संकटमा छ। निगमका अध्यक्ष मदन खरेलले विदेशी व्यवस्थापनबाट निगमको आर्थिक अवस्था सुदृढ हुने अपेशक्षा राखे।

‘नेपाल बैंक र वाणिज्य बैंक विदेशी व्यवस्थापनले सुधारेका हुन’, उनले भने, ‘निगममा पनि किन नहेर्ने?’ समितिले १० दिनभित्र आशयपत्र बनाएपछि बोर्डले छलफल गर्नेछ। त्यसलाई सरकारले पनि अनुमति दिए तीनदेखि साढे तीन महिनामा विदेशी व्यवस्थापन ल्याउन सकिने खरेलको भनाइ छ।,याे समाचार आजकाे अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top