विश्वकप क्रिकेट : भारतविरुद्ध न्युजिल्यान्ड पहिलो ब्याटिङ गर्दै

एजेन्सी, असार २४
एक दिवसिय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले भारतविरुद्ध पहिला ब्याटिङ गर्दैछ । म्यानचेस्टरमा सम्पन्न टस जितेर न्युजिल्यान्डका कप्तान केन विलियमसनले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । सेमिफाइनलमा न्युजिल्यान्डले एक खेलाडी परिवर्तन गरेको छ । टिम साउदीको स्थानमा लोकी फर्गुसनलाई मौका दिएको छ । भारतले पनि कुलदीप यादवको स्थानमा युजभेन्द्र चाहललाई मैदान उतारेको छ ।

भारत लिगको शीर्षस्थान र न्युजिल्यान्ड चौथो स्थानमा रहेर सेमिफाइनल खेल्न लागेका हुन् । लिग चरणको खेलमा वर्षाको कारण भारत र न्युजिल्यान्डले अंक बाँड्नु परेको थियो ।

सम्रग नतिजा हेर्दा न्युजिल्यान्ड भनदा भारत तुलनात्मक रुपमा बलियो पनि देखिन्छ । न्युजिल्यान्ड सन् २०१५ को उप विजेता हो । भारत सन् २०११ को च्याम्पियन टोली हो । भारतले जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

हेड टु हेडमा न्युजिल्यान्ड भन्दा भारत अघि छ । भारत र न्युजिल्याण्डबिच कुल १ सय ६ वान डे खेलमा भारत ५५ खेलमा विजयी हुँदा ४५ खेलमा पराजित भएको छ । ५ खेल नजिताविहिन छ । एक खेल बराबरीमा सकिएको छ । गत फ्रेबुअरीमा भारतले न्युजिल्यान्डलाई उसकै घरेलु मैदानमा पाँच वान डे खेल ४–१ ले हराएको थियो ।

भारतको टिम : केएल राहुल, रोहित शर्मा, विराट कोहली(कप्तान), ऋषभ पन्त, महेन्द्र सिंह धोनी, दिनेश कात्तिक, हार्दिक पान्ड्या, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, युजभेन्द्र चहल र जसप्रित बुमराह ।

न्युजिल्यान्डको टिम : मार्टिन गुप्टिल, हेनरी निकोलस, केन विलियमसन(कप्तान), रोश टेलर, टम लेथम, जेम्स निशम, कोलिन डी ग्राण्ड होम, मिचेल सान्टनार, लोकी फर्गुसन, म्याट हेनरी र टेन्ट बोल्ट ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top