‘बुलबुल’ का चोपेन्द्रसँग रोमान्स गर्दै केकी अधिकारी

२३ असार ७६, मंगलबार

२४ असार, काठमाडौँ ।
चलचित्र ‘बुलबुल’का कलाकार चोपेन्द्र उर्फ मुकुन्द भुषालसँग अभिनेत्री केकी अधिकारीले ‘झिँगेदाउ’मा रोमान्स गर्ने भएकी छिन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ मा जीवन्त अभिनय पस्किएका भुषालले दोस्रो फिल्म ‘झिँगेदाउ’ मा केकी केही दिन अगाडि भित्रिएकी जनाईंएको छ ।

पुराना निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने सो चलचित्रमा मुकुन्द भने गएको महिना नै अनुबन्ध भएका थिए । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ निर्माण हुन लागेको हो । फिल्ममा धेरै मेहनत र जीवन्त अभिनय गर्ने कलाकार चाहिएकाले केकी र मुकुन्दलाई लिएको निर्देशक देउजाले बताएका छन् । बाँकी कलाकारको छनोट कार्य भइरहेको उनले बताए ।

कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्देशक ज्ञानेन्द्र स्वयंले निर्माण गर्दैछन् ।चलचित्रको छायांकन सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा हुने जनाईएको छ । भदौबाट छायांकन सुरु हुनेछ ।

विष्णु कल्पितले खिच्ने फिल्ममा पासाङ टी शेर्पा कला निर्देशकको रुपमा रहेका छन् । फिल्मका गीतमा संगीत भर्ने जिम्मेवारी अर्जुन पोखरेलको काँधमा छ । पटकथा एवं संवाद प्रदीप भारद्धाजले तयार पारेका छन् ।

एक जमाना एकसेएक हिट फिल्म दिएका निर्देशक ज्ञानेन्द्रले रक्षक, करुक्षेत्र, देवर बाबु, हामी ट्याक्सी ड्राइभर लगायतका फिल्म निर्देशन गरिसकेका छन् । उनी लामो समयपछि ‘वुद्ध वर्न इन नेपाल’ बाट निर्देशनमा फर्किएका हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top