×

NEPAL TIMES UPDATES

Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026

एसईई नजिता : ६३ प्रतिशत गल्ती, प्राप्ताङ्कको जोड नै गलत

२५ असार २०७६

काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसईई)का उत्तरपुस्तिका परीक्षकले परीक्षार्थीको प्राप्ताङ्क जोड्न गल्ती गर्ने गरेको पाइएको छ । परीक्षा नियन्त्रण कार्यालयले गरेको अध्ययनबाट यस्तो तथ्य फेला परेको हो ।

अध्ययनले सबैभन्दा बढी गल्ती गर्ने व्यक्तिका रूपमा परीक्षकलाई ठह¥याएको छ । नतिजाप्रति चित्त नबुझाई पुनर्याेगका लागि आवेदन दिएका कतिपय परीक्षार्थीको प्राप्ताङ्क परिवर्तन हुने गरेको छ । प्राप्ताङ्क परिवर्तन भएकाका एक हजार २०४ वटा उत्तरपुस्तिकामाथि गरिएको अध्ययनले परीक्षकको गल्ती ६३ प्रतिशत रहेको औँल्याएको छ ।

Advertisement
Advertisement

सबैभन्दा बढी ४२ प्रतिशत गल्ती कभर पेजमा अङ्क चढाउन छुटेको पाइएको छ । अध्ययन गरिएका उत्तरपुस्तिकाको १८ प्रतिशतमा प्राप्ताङ्कको जोड नै गलत गरेको देखिएको छ । डिकोडिङ बिग्रिएको, झट्ट पढ्न नसकिने अङ्क, परीक्षण गर्न छुटेको, अङ्क यताउता पारी लेखिएको, सम्परीक्षकले गलत अङ्क लेखेको, इन्ट्री गलत गरेको लगायतका गल्ती देखिएका छन् । परीक्षकले गल्ती गर्ने प्रवृत्ति विगतदेखिकै हो । उनीहरूको लापरबाहीले गर्दा परीक्षार्थीहरू अन्यायमा पर्दै आएका छन् । पुनर्याेगका लागि आवेदन दिई नतिजा परिवर्तन भएकाहरूले न्याय पाए पनि नतिजाप्रति चित्त बुझाउनेहरूमाथि परीक्षकले अन्याय गर्दै आएका छन् ।

लामो समयसम्म परीक्षा नियन्त्रण कार्यालयमा सेवा गर्नुभएका पूर्वपरीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षक र सम्परीक्षकले गल्ती गर्ने गरेको बताउँदै भन्नुभयो, “धेरै परीक्षकले प्राप्ताङ्क चढाउँदा नै गल्ती गर्छन् । कतिपयले उत्तर जाँच्न छाडिदिन्छन् । टेबुलेसनको अङ्क जोड्न छुटाउँछन् । उनीहरूको लापरबाहीले यस्तो हुँदै आएको छ । ”
२०७५ सालको एसईई परीक्षाको नतिजाप्रति चित्त नबुझाएर आवेदन दिनेहरूको लाम पनिकामा बाक्लै देख्न पाइन्छ । यस पटक चार जनाले आठवटै विषयमा पुनर्याेगका लागि आवेदन दिएका छन् ।

पनिकामा मङ्गलबारसम्म करिब छ हजारले आवेदन दिएको जानकारी दिइएको छ । गत वर्ष नौ हजारले आवेदन दिएकोमा ८२७ जनाको प्राप्ताङ्क परिवर्तन भएको थियो । पनिकाको अध्ययनले सबैभन्दा बढी गल्ती गर्ने परीक्षकपछि डिकोडर र सम्परीक्षक रहेको देखाएको छ ।

पनिकाका कर्मचारीको गल्ती पनि देखिएको छ । विद्यार्थीका कारण पनि गल्ती हुने गरेको पाइएको छ । सोही अध्ययनले परीक्षकले अङ्क चढाउँदा सबैभन्दा बढी गर्ने गरेको तथ्य सार्वजनिक गरेको छ । परीक्षकले गर्ने गरेको गल्तीको ६७ प्रतिशत अङ्क चढाउँदा गल्ती हुने गरेको छ । झण्डै २९ प्रतिशत गल्ती परीक्षकले प्राप्ताङ्क जोड्दा हुने गरेको छ ।

Advertisement

परीक्षकले गरेको गल्तीलाई सच्याउन सम्परीक्षकको व्यवस्था हुने गरेको छ तर सम्परीक्षकले पनि निकै लापरबाही गर्ने गरेको पाइएको छ । सोही अध्ययनले सम्परीक्षकले अङ्क नै नबुझिने गरी लेख्दा, परीक्षण छुटाउँदा र अङ्क यताउता लेखेका कारण प्राप्ताङ्क परिवर्तन भएको प्रस्ट गरेको छ । “परीक्षक र सम्परीक्षकले बाहिरी पानामा लेखेको कुल प्राप्ताङ्क पढ्न नसकिने उल्लेख्य मात्रामा रहेको पाइन्छ”, पनिकाको अध्ययन प्रतिवेदनमा लेखिएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top