भोलि लाग्दैछ खण्डग्रास चन्द्रग्रहण, चार राशीलाई मात्रै शुभ

३० असार, काठमाडौँ ।
भोलि मंगलबार खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मध्यरातमा शुरु हुने ग्रहण ३ घन्टा भन्दा बढीको हुनेछ भने बुधवार विहान मात्रै अन्त्य हुनेछ । सूर्य, पृथ्वी र चन्द्रमा सिधा रेखामा परेको समयमा पृथ्वीको छाँया चन्द्रमामा पर्ने भएकाले खण्डग्रास ग्रहण लागेको बुझ्ने गरिन्छ । नेपाली समय अनुसार राती १ बजेर ४७ मिनेटमा प्रारम्भ हुने ग्रहण बुधवार बिहान ४ बजेर ४५ मिनेटमा अन्त्य हुने बताइएको छ ।

खगोलविद्हरुका अनुसार यो अवधिमा चन्द्रमाको आधाभन्दा भन्दा बढी भाग छोपिएको अवस्थामा देखिनेछ । यो ग्रहण नेपालसहित भारत, चीन, मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आसपासका मुलुकबाट प्रष्टै देखिने छ । बरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुशार क्यानडा र उत्तर अमेरिकामा बसोवास गर्नेहरुले भने यो ग्रहणको अनुभव लिन पाउने छैनन् ।

चन्द्रग्रहणमा आँखालाई हानी नोक्सानी पुर्याउने खालका किरण नहुने भएकाले जो कोहिले नाङ्गो आँखाले सजिलै हेर्न सकिने छ । ग्रहणलाई टेलीस्कोप, वाइनाकुलर, क्यामरा जस्ता सामाग्री र नाङ्गो आँखाले सहजै हेर्न सकिने भएपनि धर्मशास्त्रले भोलीको ग्रहणमा केही राशीलाई शुभ र केहीलाई अशुभ मानेको आचार्यले बताए । धार्मिक विश्वासलाई आधार मान्दा चार वटा राशीलाई मात्रै शुभ मानिएको छ । कर्कट, तुला, कुम्भ तथा मीन राशि भएकाहरुलाई शुभ मानिएकाले यी राशी भएकाले भोलीको ग्रहण हेर्न हुने बताइएको छ ।

Advertisement

मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक, धनु, मकर राशि भएकाहरुलाई भने यो ग्रहण नियाल्न नहुने बताइएको आचार्यले जानकारी दिए । धर्मशास्त्रीहरु ग्रहण अघि र पछि नदीतट, कुण्ड, तलाउमा नुहाई धुवाई गरी शुद्घहुन, धार्मिक मन्त्रोचारण गर्न र ब्रत बस्न सुझाउने गर्छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top