बाढीले अवरुद्ध विद्युत साउन १ देखि सञ्चालन हुने

३१ असार, काठमाडौँ ।
सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध देशभरका विद्युत सेवा भोली (श्रावण–१ गते) सम्ममा सूचारु गराउने प्रतिवद्धता जनाएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा भोलीसम्म सबै ठाउँमा सूचारु गराउने गरी कामलाई अघि बढाइएको जानकारी दिएका हुन् ।

उनले कुलेखानी जलविद्युत आयोजनाको पानीको सतह नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिए । बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति नै बन्द हुन पुगेको छ । मन्त्री पुनले ती सबै समस्या भोलीसम्ममा समाधान हुने गरी काम भईरहेको बताए ।

मन्त्री पुनले बाढी र डुबान हुन नदिन सरकारले नदी नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिए । नदी नियन्त्रण आपत्कालिन कार्यका लागि नदी नियन्त्रणका क्षेत्रका काम गर्ने १५ वटा आयोजनाहरुलाई तयारी अवस्था राखिएको मन्त्री पुनको भनाई छ ।

Advertisement

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले रानी–जमरा–कुलरिया सिंचाई आयोजनाको हालसम्म ८ किलो मिटर मूल नहर निर्माण कार्य सम्पन्न गरिएको पनि जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top