विकल्पको वहसः मोटरसाइकल आवश्यकता कि विलासिता ? आवश्यकतामा धेरैको मत

विकल्पको वहसः मोटरसाइकल आवश्यकता कि विलासिता ? आवश्यकतामा धेरैको मत

३१ असार,विराटनगर ।

सामाजिक संस्था विकल्प एन अल्टरनेटिभले मोटरसाईकल आवश्यकता कि बिलासिता भन्ने विषयमा विराटनगरमा गरेको छलफल तथा संबाद कार्यक्रममा सहभागिले मोटरसाइकललाई आवश्यकताको रुपमा लिनुपर्नेमा जोड दिएका छन्

विकल्पले अध्ययन,अनुसन्धान गरि प्रकाशित गरेको सोधपत्र विभिन्न सरोकारवाला निकायहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो । सोधपत्रको प्रस्तुतीकरण गर्दे विकल्पका अनुसन्धानकर्ता सर्बज्ञराज पाण्डेले मोटरसाईकलले नेपाली समाजमा कस्तो भूमिका निर्बाह गरिराखेको छ ? नेपाली समाजमा यसको आवश्यकता र महत्व कत्तिको छ ? नेपालमा मोटरसाईकलमा लाग्ने कर र करको वितरणको अवस्था कस्तो छ ? भन्नेकुराको जानकारी गराउनुको साथै भारतीयहरुको तुलनामा नेपाली नागरिकहरुले मोटरसाइकलमा तिर्नु परेको बढी मूल्य र त्यसको प्रत्यक्ष असरको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सहसचिब हरिहर पौडेलले करको दर अरु क्षेत्रहरुको तुलनामा खासै नभएको तर मोटरगाड़ीलाई मात्र केन्द्रित गरेर हेर्दा बढी देखिएको बताए । २४ दशमलव ५ प्रतिशत राजस्व शुल्क मोटर गाडीबाट उठ्ने भएकोले हाल यसलाई घटाउन नसक्ने अवस्था रहेको उनले जानकारी दिए ।

अहिले नेपाल सरकारले विद्युतीय गाड़ी र सार्वजनिक यातायातमा ठूलो अनुदान दिएको अवस्था रहेपनि मोटरसाइकलमा अनुदान दिने बिषयमा कुनै चर्चा नरहेको उनले बताए । सरोकारवाला स्वयम्भू कार्कीले मोटरसाइकलले नागरिकहरुको आवत जावतमा सहजता प्रदान गर्नुको साथै समय र पैसा बचाउन सहयोग गर्ने र आयस्तर बढाउन सहयोग गर्ने हुनाले पनि नेपाली नागिरकहरुको निम्ति आज यो अधिकांश मानिसहरुको निम्ति आवशयकताको साधन भइैसकेको धारणा राखे । व्यावसायी तपीन पोखरेलले मोटरसाइकल अहिलेको व्यापारको मेरुदण्ड भएको कारण साधन नभएको अवस्थामा ब्यावसायीहरु निर्धारित समयमा आफ्नो गन्तव्यमा पुग्न असमर्थ हुनेकुरा निश्चित रहेको बताए । उनले यसकारण पनि मोटरसाइकल नितान्त आवश्यकताको बिषय रहेकोमा जोड दिए ।

 

कार्यक्रममा प्राध्यापक भेषराज धमलाले मोटरसाइकल अहिले ८० प्रतिशत नेपाली नागरिकहरुको निम्ति आवश्यकताको बिषय भएकोले सरकारले यसमा न्युनतम करको दर कायम गर्दा ठीक हुने बताए । उनले धेरै सिसिका बिलासिताका साधनमा कर लगाउनु उचित भएपनि दैनिक उपभोगको निम्ति प्रयोगमा आउने साधनहरुमा यसरि बढी कर वसुल गर्नु व्यवहारिक नदेखिने बताए । उनले नेपाल सरकारको नीति उत्पादन र निर्यातमा जोड दिने भन्दा पनि धेरै भन्दा धेरै कर असुल गरि राज्यकोष भर्ने नीति रहेको आरोज लगाए । जसले धेरै कर उठाउन सक्यो उसको मूल्यांकन त्यहि अनुसार हुने गरेकोले पनि समस्या आएको विचार प्राध्यापक धमलाले राखेका थिए ।

जिल्ला ट्राफि प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिब पोखरेलले मोटरसाइकल आवश्यकताको साधन रहेको कुरामा दुईमत नरहेको भएपनि केही केही मानिसहरुले बिलासिताको रुपमापनि प्रयोगमा ल्याएको देख्न सकिने बताए । उनले सबैकुरामा ट्राफिकले मात्र ध्यान पुर्याउन नसक्ने हुनाले नागरिकहरुले जिम्मेवार ढंगले सवारी साधन गुडाउनु पर्ने कुरामा समेत जोड दिए । सरोकारवाला निकाय २६ जना प्रतिनिधीको सहभागिता जनाएको कार्यक्रमको सहजीकरण बसन्त अधिकारीले गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.