×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

आर्थिक वर्षको अन्त्यमा अर्थ मन्त्रालयको गडबडी, महालेखालाई सिष्टम पहुँचमा रोक

१ श्रावण २०७६

१ साउन, काठमाडौँ ।

अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई ठाडो आदेशका साथै सिष्टमनै आफ्नो पहुँचमा मात्रै सीमित गरेर दैनिक रुपमा प्रकाशित हुँदै आएको आय, व्ययको विवरण ‘दैनिक बजेटरी तुलनात्मक विश्लेषण’ सार्वजनिक गर्न रोक लगाएको छ ।

Advertisement
Advertisement

आर्थिक वर्षको अन्तिम दिन मंगलबार र नया आवको पहिलो दिन साउन १ गते यति बेलासम्म उक्त विश्लेषणात्मक तथ्यांक प्रकाशित गर्न मन्त्रालयले रोक लगाएको हो । उक्त सिष्टमको मुख्य प्राविधिक इन्जिनियर अर्थ मन्त्रालयमा रहेकोले आर्थिक वर्षको अन्त्यमा स्वयम् महालेखा नियन्त्रकलाई समेत पहुँच नहुने गरी सिष्टम आफ्नो नियन्त्रणमा लिएको हो ।

अर्थ मन्त्रालयले कार्यालयलाई दैनिक बजेटरी सिष्टममा पहुँच दिएको छैन । महालेखा नियन्त्रक कार्यालयको उच्च स्रोतले भन्यो-‘हामीले यस विषयमा राजस्व सचिवसँग कुरा गरेका छौं ।’ हामीले पहुँच पाउने वित्तीय विवरण तपाईँहरूले पनि अन्य दिनमा जस्तै सहजै तुलनात्मक तथ्यांक हेर्ने पाउनु हुनेछ ।’

बुधबारै अर्थ मन्त्रालय हुने बैठकमा समेत उक्त तथ्यांक पहुँचका विषयमा कुरा उठाउने उच्च स्रोतले बतायो । सोमबार ५ घण्टा केन्द्रीय सूचना प्रणालीमा समस्या आएको थियो । मंगलबारदेखि अर्थले पहुँच दिएन,’ स्रोतले थप्यो ।

केन्द्रीय सूचना प्रणालीमा देखिएको समस्या समाधान भएको छ । अन्य सरकारी वेभसाइट खुले पनि कार्यालयको सो तथ्यांक हर्ने सिष्टम भने खुल्दैन । यसले गर्दा रियल डाटा पाउन सकिएको छैन । यथार्थ खर्च कति भयो र राजस्व कति संकलन भयो भन्ने तथ्यांक यति बेला अर्थ मन्त्रालयका निश्चित पदाधिकारीको पहुँचमा मात्रै छ ।

उक्त तथ्यांक सार्वजनिक चासोको विषय भएपनि गणतन्त्रामक पद्धतिमा हिडेको सरकारले आफ्नै पहुँचमा मात्रै सीमित गरेर आम नागरिकको सूचनामाथिको पहुँचमा कुठराघात गरेको छ ।

गत वर्षपनि बेरुजु फछ्र्यौटबाट संकलन भएको करिब सात अर्ब रुपैयाँको विषयलाई लिएर अर्थ मन्त्रालय र महालेखा कार्यालयबीच विवाद उत्पन्न भएको थियो । अर्थ मन्त्रालयले बेरुजू फछ्र्यौटबाट आएको उक्त सात अर्बलाई राजस्व कै रुपमा गणना गरेको थियो भने महालेखाले उक्त रकमलाई आम्दानी मानेका थियो ।

मन्त्रालयले मंगलबार आर्थिक वर्षको अन्तिम दिनदेखि बुधबार यतिबेला दैनिक बजेटरी सिष्टममा कार्यालयलाई पहुँच नदिएको हो । वर्षभरि महालेखाले संचालन गर्दै आएको फाइनान्सियल म्यानेजमेन्ट इन्फरमेसन सिष्टम आर्थिक वर्षको अन्तिम दिन र नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थ मन्त्रालयको पनि सीमित पदाधिकारीको पहुँचमात्र राखेको छ । यसबीचमा महालेखाले अर्थ मन्त्रालयसँग सो पहुँच दिन भने पनि अर्थ मन्त्रालय भने नसुने झै गरी बसेको छ ।

यस विषयमा अर्थ मन्त्रालयमा सोध्दा महालेखाको कुरा उत्तै सोध्नुस् भनेर प्रवक्ता उत्तरकुमार खत्रीले ठाडो जवाफ दिएका छन् । म कार्यक्रममा छु, यस विषयमा मन्त्रालयमा होइन उत्तै बुझ्नुपर्छ–उनले भने ।

Advertisement

महालेखा नियन्त्रकको कार्यालय नेपाल सरकारको संचित कोष संचालन गर्ने जिम्मेवारी पाएको निकाय हो । यस कार्यालयले सरकारको आय र व्ययको हिसाव राख्ने गर्दछ ।(विकास न्युजबाट)

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top