एक करोडको जीवन बिमा, १० लाखमा कन्ट्र्याक्ट किलर लगाएर श्रीमतीको हत्या

२ साउन ७६, बिहीबार
Share this
655shares

पोखरा : औषधी उपचार गर्न भन्दै श्रीमतीलाई जंगलमा लगेर हत्या गरेको आरोपमा पक्राउ परेका मकवानपुर घर भई पोखरा १० रामबजारमा बस्दै आएका ३५ वर्षिय रमेश नेपालीलाई प्रहरीले बुधवार पोखरामा सार्वजनिक गरेको छ।

Advertisement

२८ वर्षीया श्रीमती लक्ष्मी नेपालीको हत्या गरेर जंगलमा फालेको आरोपमा कास्की प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा आरोपी नेपालीले हत्या गर्नुभन्दा चार महिना अघि श्रीमतीको १ करोडको जीवन बिमा गरेको र भारतीय ‘कन्ट्र्याक्ट किलर’ प्रयोग गरी हत्या गरेको फेला परेको छ।

फरार रहेका तीनजना भारतीय कन्ट्र्याक्ट किलरको प्रहरीले खोजी गरिरहेको छ। सर्लाही ईश्वरपुर नगरपालिका घर भई पोखराको पृथ्वीचोक बस्ने वर्ष २६ का चितरन्जन साहमार्फत १० लाखमा भारतबाट मान्छे झिकाउने सल्लाह अनुसार असार ३ गते भारतीय कन्ट्र्याक्ट किलर आएर पृथ्वीचोकका एक होटलमा बसेको र त्यसको बस्ने व्यवस्था गर्ने भोजपुर जिल्ला भोजपुर नगरपालिका बैंक रोड घर भई पोखराको महेन्द्रपुल बस्ने वर्ष ३२ का संजय शर्मा र चितरन्जन शाहले मिलाएको प्रहरीले बताएको छ।

Advertisement

हत्या योजना तयार भइसकेपछि रमेशले १ लाख एडभान्स दिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ। श्रीमतीको हत्यापछि लास जंगलमै छोडी रमेशले संजय शर्मालाई ५ लाख दिएको र ४ लाख केही दिन पछि दिने सहमति भएको पत्रकार सम्मेलनमा प्रहरीले बताएको छ। आजकाे अन्नपूर्ण पाेस्टमा खबर छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top