स्थानीय तहमा भ्रष्टाचार बढ्दै : घूससहित समातिनेमा इन्जिनियर बढी, मन्त्रालयमा गृह अगाडि

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो पटक परेका मुद्दाको परिमाणले स्थानीय तहमा भ्रष्टाचार बढ्दैगएको देखिएको छ । कुल उजुरीमध्ये एक चौथाई स्थानीय तहसँग सम्बन्धित रहेकोले यस्तो निष्कर्ष निकालिएको हो ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार एक वर्षको अवधिमा आयोगमा दर्ता भएका उजुरीमध्ये २४ हजार ४८ उजुरी स्थानीय तहसँग सम्बन्धित छन् ।पछिल्लो उजुरी कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीन इन्जिनियरलाई अख्तियारको टोलीले घूससहित पक्राउ गरेको घटनाको छ ।

इन्जिनियर हरिप्रसाद चौधरी, कमल सिटौला, विश्वेश्वरप्रसाद साहलाई नेपालगञ्जबाट खटिएको अख्तियारको टोलीले १५ लाख रुपियाँ घूससहित शनिबार मात्र पक्राउ गरेको हो ।

तारजाली भर्ने कामको योजनाको बिल रकम भुक्तानी गरेबापत उनीहरूले १५ लाख रुपियाँ घूस मागेका थिए । घूस नदिई भुक्तानी नै नदिएपछि पीडित ठेकेदारले अख्तियारलाई खबर गरेका थिए । त्यसपछि उनीहरूलाई अख्तियार टोलीले रंगेहात पक्राउ गरेको थियो । ,यो समाचार आजको नेपाल समाचारपत्रमा मनोज रेग्मीले लेखेका छन् ।

Scroll to Top