×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

नेपाली कांग्रेसद्वारा मोरङका उद्योगी ब्यापारी सम्मानित

६ श्रावण २०७६

६ साउन,विराटनगर ।
नेपाली कांग्रेस मोरङले मोरङ व्यापार संघ र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । पार्टी कार्यालयमा सोमबार आयोजित कार्यक्रममा कांग्रेसले दुवै संस्थाका कार्यसमितिलाई सम्मान गरेको हो ।

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, महासचिव अनिल साह, विराट व्यापार संघका अध्यक्ष सुजन थापालगायत पदाधिकारी र सदस्यहरुलाई केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौला, अमृत अर्याल, हसन अन्सारी, मोरङ सभापति डिगबहादुर लिम्बूलगायतले अविर र खादा लगाएर सम्मानपत्र प्रदान गरेका थिए । नेपालको राजनैतिक र आर्थिक क्रान्तिमा उद्योगी व्यवसायी महत्वपूर्ण योगदान भएकाले दुवै संस्थाका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले बताए । उद्योगी व्यवसायीले उठाउँदै आएको मुद्दामा कांग्रेसको सधैं साथ रहने उनको भनाइ थियो ।

Advertisement
Advertisement

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष मुन्दडाले र विराट व्यापार संघका अध्यक्ष थापाले सरकारले लगाएको अचाक्ली करका कारण उद्योगी व्यवसायीहरु हतोत्साहित भएको बताए । सो अवसरमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले मुलुकमा निजी क्षेत्रको लगानी बिना वीपी कोइरालाको सपना अधुरो हुने बताइन । वीपी जयन्तीका अवसरमा नेपाली कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सांसदसमेत रहेकी संग्रौलाले मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको निजी क्षेत्रलाई वर्तमान सरकारले उपेक्षा गरेको आरोपसमेत लगाइन । उनले निजी क्षेत्रलाई उपेक्षा गरेर समृद्धि नेपाल सुखी नेपालीको सपना देख्ने कम्युनिष्ट सरकारबाट मुलुक अगाडि बढ्न नसक्ने दाबीसमेत गरिन ।

Advertisement

सरकारको करका कारण निजी क्षेत्र प्रताडित भएको बताउँदै संग्रौलाले निजी क्षेत्रका मुद्दालाई कांग्रेसले संसदमा सशक्त रुपमा उठाउने बताइन । कार्यक्रममा केन्द्रीय सदस्य अमृत अर्यालले वीपीको आदर्श र सिद्धान्तलाई आत्मसाथ गर्न सकिए मुलुक आर्थिक रुपमा समृद्धि हुने चर्चा गरे ।

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top