विराटनगर महानगरपालिकाले महिला फुटबल लिग आयोजना गर्ने

७ साउन, विराटनगर ।
विराटनगरमा सम्पन्न पाँचौ महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली महिला फुटबल टोलीलाई सम्मान गर्न सोमबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाले महिला फुटबल लिग गर्ने घोषणा गरेको छ ।

Advertisement

अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले ए– डिभिजन महिला फुटबल लिगको आयोजना गर्न आग्रह गरेपछि मेयर भीम पराजुलीले त्यस्तो घोषणा गरका हुन् ।महानगरका लागि यो वर्ष खेलवर्ष जस्तो भएको भन्दै साफ महिला च्याम्पियनसिप भएकै कारण उपमेयर कप फुटबल विराटनगरले जितेको दाबी गरे ।

आफुले फुटबल खेल र महिला फुटबललाई निकै उदारताका साथ सहयोग गर्न चाहको भन्दै मेयर पराजुलीले मञ्चासिन उपमेयर इन्दिरा कार्कीसँग सल्लाह लिए र महिला लिग गर्ने घोषणा गरे ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top