×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

नेपाल भ्रमण वर्षको तयारीप्रति पर्यटन व्यवसायी असन्तुष्ट, कसरी भित्रिएलान् २० लाख पर्यटक ?

८ श्रावण २०७६

८ साउन, काठमाडौँ ।

नेपाल भ्रमण वर्ष २०२० को कामप्रति पर्यटन व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् । नेपाल भ्रमण वर्ष २०२० को कार्यसमितिले एकलौटी र सुस्त गतिमा तयारी गरेको भन्दै पर्यटन व्यवसायीहरुले असन्तुष्टी जनाएका हुन् ।

Advertisement
Advertisement

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने अभियानमा रहेको सरकार र नेपाल भ्रमण वर्ष २०२० राष्ट्रिय कार्यक्रम समितीको टिप्पणी गर्दै पर्यटन व्यवसायीहरुले यो कार्यशैली र कामको गतिले २० लाख पर्यटक भित्र्यान असम्भव भएको बताएका हुन् ।

सरकारले गत वर्ष चैत २९ गते पोखराबाट निकै तामझामका शुरुवात गरेको नेपाल भ्रमण वर्ष २०२० को गति शुस्त भएको र निजी पर्यटन व्यवसायीहरूसँग पनि कुनै समन्वय नै नगरी काम गरिरहेको टिप्पणी गरिएको हो ।

नेपाल टुर एण्ड ट्राभल एजेन्टस्का अध्यक्ष सिएन पाण्डेले नेपाल भ्रमण वर्षको काम मन्दगतिमा भइरहेको बताए । ‘भ्रमण वर्षको तयारी सोचे र लक्ष्य लिए जसरी भएको छैन,’ उनले भने ‘सरकारी पक्ष त्यति डटेर लागेको देखिदैन, नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन सरकारी पक्ष अगाडि बढ्नुपर्छ । यो गतिले २० लाख पर्यटक भित्र्याउन सम्भव छैन ।’

भ्रमण वर्षका लागि हुनेपर्ने तयारी, निजी पर्यटन क्षेत्रका संस्थाहरुसँगको सहकार्य र पूर्वाधार विकासलगायतका कारणले समितिले उल्लेखनिय भूमिका खेल्न नसकेको बताइएको हो । सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटरस् नेपालका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी यम बहादुर खड्काले सरकारले गठन गरेको नेपाल भ्रमण वर्षको समितिले निजी पर्यटन संस्थाहरुसँग समन्वय नै नगरी एकलौटी रुपमा अगाडी बढेको गुनासो गरे ।

खडकाले आगामी भ्रमण वर्ष राष्ट्रिय कार्यक्रम समितिका संयोजकको कार्यक्षेत्र फरक भएकोले उनले पर्यटन क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताए । उनले भने, ‘वर्तमान संयोजक उद्योग व्यवसायी क्षेत्रको मान्छे पर्नु भयो, उहाँको पर्यटन क्षेत्रमा अनुभव नभएका कारणले पनि तयारी प्रयाप्त गर्न नसकेको हुनसक्छ ।’

यसै विषयमा नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यसँग सम्पर्क नभएपछि हामीले नेपाल भ्रमण वर्षको तयारीका बारेमा समितिकी सदस्य नन्दिनी थापासँग जानकारी लियौं । थापाले समिति अलि ढिला गठन र बजेट पनि ढिला विनियोजन भएका कारण काम सोचेजति तिव्र नभएको स्विकारिन् ।

थापाले गत आर्थिक वर्षमा विनियोजन बजेटबाट चीनको एक ठूलो ट्राभल एडभाइजरी अनलाइन (सिट्रीप) र बेलायतको लोन्ली प्लानेटसँग पर्यटन प्रवद्र्धनका लागि सम्झौता गरेको बताइन् । पर्यटन व्यवसायीहरुले आफुहरुसँग त्यति समन्वय नगरेको भने पनि थापाले भने उनीहरुसँग पनि बेला बखत बसेर राम्ररी सुझाव सल्लाह लिई लक्षित पर्यटक भित्र्याउने उद्देश्यका साथ आफुहरू अगाडी बढेको बताइन् ।

‘काम धमाधम हुँदैछ, उनले भनिन् ‘नेपालमा भौतिक पूर्वाधारहरूको कमीको कारणले २० लाख पर्यटक भित्र्याउन गाह्रो भएपनि हामी लागि परेका छौं ।’ नेपाल भ्रमण वर्ष २०२० को सचिवालयका लागि सरकारले छुट्याएको बजेट कम भएको भन्दै अहिले पुनः ५० करोड माग गरेको उनले बताईन् । सरकारले नेपाल भ्रमण वर्षका लागि अघिल्लो र यस आर्थिक वर्षमा गरी २० करोड रुपैयाँ छुट्याएको छ ।

Advertisement

यद्यपि वर्तमान भ्रमण वर्ष सचिवालयको कामप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयपनि असन्तुष्ट देखिएको छ । सन् २०१८ मा पनि करिब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए ।(विकास न्युजबाट)

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top