×

NEPAL TIMES UPDATES

Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026

विश्वकप छनोट : पारस चम्किँदा कुवेतविरुद्ध नेपालको कीर्तिमानी जित

११ श्रावण २०७६

११ साउन, काठमाडौँ ।
सिंगापुरमा जारी आईसीसी टी २० एसिया विश्वकप छनोट अन्तर्गत शनिबार भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ ।कप्तान पारस खड्काले उत्कृष्ट अर्ध शतक प्रहार गरेपछि नेपालले कुवेत विरुद्ध सहज जित निकालेको हो । यो सँगै नेपालको अघिल्लो चरण झनैं सहज बनेको छ ।

कुवेतले दिएको १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो ।यो टी–२० आईमा नेपालले पछ्एको यो हालसम्मकै उच्च लक्ष्य समेत हो । सर्वाधिक छिटो जित समेत हो । आइतबार आयोजक सिंगापुरलाई हराउन सके नेपाल अर्को चरणमा प्रवेश गर्ने छ ।

Advertisement
Advertisement

नेपालको जितमा नायक बनेका कप्तान पारस खड्काले ४२ बलमा ११ चौका र १ छक्का सहित ६८ रनको महत्वपूर्ण योगदान दिए । पारसले ३२ वलमा आफ्नो टी–२० आईको तेस्रो अर्ध शतक पुरा गरेका थिए । १४ औं ओभरको पहिलो बलमा ठूलो सर्ट खेल्ने धुनमा पारस शिराज खानबाट क्याच आउट हुन पुगे । पारसले दोेस्रो विकेटका लागि शरद भेषवाकरसँग ७८ रनको साझेदारी गर्दै सहज जित पक्का गरेका थिए ।

शरद भेषवाकर ३० बलमा ४ चौका र १ छक्का सहित ३८ रन जोड्दै नेपालको सहज जित पक्का गरे । दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भए । रोहित ६ रनमा अविजित रहे । पारस र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ३.५ ओभरमा ४४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । मोहम्मद काशिफले बिलाल ताहिरबाट क्याच गराउनु अघि मल्लले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे । कुवेतका लागि कप्तान मोहम्मद काशिफले ३ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।

त्यसअघि टस हारेर पहिला पहिला ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारत २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । कुवेतका लागि कप्तान मोहम्मद काशिफले विश्फोटक ब्याटिङ गर्दै सर्वाधिक ४९ रनमा अविजित रहे । उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे ।

दोस्रो ओभरको पहिलो बलमै करण केसीले कट निकाल्दै विकेटकीपर विनोद भण्डारीबाट ओपनर मिट भावसारलाई ५ रनमा पेभिलिएन फर्काए । छैटौं ओभरको पहिलो बलमा वसन्त रेग्मीले रभिजा डी शिल्भालाई १५ रनमा बोल्ड आउट गरे । यसै ओभरको अन्तिम बलमा वसन्तले अदनान आर्डिसलाई शरद भेषवाकरबाट २५ रनमा क्याच आउट गराउँतै कुवेतलाई दबाबमा राखेका थिए । ठूलो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि उनले १४ बलमा ५ चौका प्रहार गरे ।

सन्दीप लामिछानेको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा विलाल ताहिर पारस खड्काबाट १३ रनमा क्याच आउट हुन पुगे । लगत्तै दुईबलपछि सन्दीपले उस्मान वहीदलाई शून्यमा एलवी डब्लू आउट गरे । १४ ओभरको पाँचौ बलमा अभिनाष बोहोराले वसन्तबाट मोहम्मद अस्लामलाई २३ रनमा क्याच आउट गराए । उनले २५ बलमा २ चौका प्रहार गरे । १५ औं ओभरको पाँचौ बलमा सन्दीपले सिराज खानलाई शुन्यमा बोल्ड आउट गरे । वसन्तले मोहम्मद अहसानलाई ४ रनमा क्याच आउट गराए ।

कुवेतलाई सस्तैमा रोक्न नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । वसन्तले ४ ओभरमा २० रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै करण केसी २ र अभिनाष बोहोराको नाममा १ विकेट रह्यो ।

Advertisement

यो जितसँगै नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै ३ खेलमा २ मा जित सहित ५ अंक जोडेको सिंगापुर शीर्ष स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो । आईतबार नेपाल र सिंगापुरको विजेता टोली ग्लोबल छनोटमा स्थान बनाउने छ । कुवेत,मलेसिया र कतार भने अघिल्लो चरणको यात्राबाट बाहिरिएका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top