ट्राफिकले जरिवाना तिराएको रिसमा विद्युत कर्मचारीले प्रहरी चौकीको लाइन काटिदिए

१६ साउन ७६, शुक्रबार

भारत । विभिन्न ठाउँमा कहिलेकाँही निकै रोचक घटनाहरु घट्ने गर्दछ । यस्तै हालै भारतमा पनि एक रोचक घटना भएको छ ।

भारतमा विद्युतका एक कर्मचारीले ट्राफिक प्रहरीले आफूलाई जरिवाना तिराएको भन्दै ट्राफिक प्रहरी कार्यालयको विद्युत काटिदिएका हुन् । फिरोजाबादका विद्युत प्राधिकरणका कर्मचारी श्रीनिभासलाई हेलमेट नलाएका कारण प्रहरीले जरिवानामा पारेको थियो ।

उनलाई बाइक चलाउँदा हेलमेट नलाएका कारण ५ सय जरिवाना गरिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनले त्यसकै बदलामा स्वरुप ट्राफिक प्रहरी कार्यालयको विजुली नै काटिदिएका हुन् ।

Advertisement

श्रीनिभासलाई विद्युत प्राधिकरणका कर्मचारीलाई ट्राफिक कार्यालयका सब–इन्स्पेक्टर रमेशचन्द्रले हेलमेट नलगाएकाले जरिवाना काटेका थिए । उनले अनेक विन्ति गर्दासमेत प्रहरीले उनको कुरा सुनेन र ५ सय रुपैया जरिवाना गरायो ।

प्रहरीले नियम तोडेकाले जरिवाना गरायो र ट्राफिक नियमको बरेमा पाठ सिकायो । त्यसपछि श्रीनिभास सरासर कार्यालय गए अनि उनले ट्राफिक प्रहरी कार्यालयको हिसाब हेरे । कार्यालयले धेरै महिनाको पैसा तिर्न बाँकी रहेछ । त्यसपछि श्रीनिभासले ट्राफिक प्रहरी कार्यालयको विजुली काटिदिए।

Advertisement

प्रहरी अधिकारीहरुले किन विजुली काटेको भनेर सोध्दा श्रीनिभासले समेत प्रहरी कार्यालयले तिर्नुपर्ने बिल समयमा नतिरेर नियम तोडेकाले आफूहरु विजुली काट्न बाध्य भएको भन्दै आफुले पनि विद्युत प्राधिकरणको नियकहरु सिकाए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top