यमनको एक सैनिक परेडमाथि हुथी विद्रोहीको आक्रमण, ३२ जनाको मृत्यु

साउन १७, एजेन्सी । यमनमा एक सैनिक परेडमाथि भएको आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

हुथी विद्रोहीले सैनिक परेडमाथि ‘मिसाइल’ र ‘ड्रोन’ आक्रमण गरेका हुन् । दक्षिणी तटीय सहर एडनमा भइरहेको सैनिक परेडलाई क्षेप्यास्त्र र एउटा सशस्त्र ड्रोनले निशाना बनाइएको विद्रोहीले चलाइरहेको एक टेलिभिजन च्यानलले जनाएको छ ।

एडन यमनको अन्तर्रा्ष्ट्रिय समर्थन प्राप्त सरकारको केन्द्र हो । यसअघि, यो सहरको एउटा प्रहरी कार्यालयमा आत्मघाती बम हमलामा १० जनाको मृत्यु भएको थियो । ती दुवै आक्रमणबीच कुनै सम्बन्ध रहेको वा नरहेको भन्नेबारे स्पष्ट नभएको अधिकारीहरुले बताएका छन् ।

Advertisement

हुथी विद्रोहीहरुले सहरको उत्तरतर्फ हुथीको पकड रहेको क्षेत्रमा आक्रमण गर्न सरकारले तयारीका लागि परेड गरेको दाबी गरेको छ । तर, सरकारले भने नयाँ भर्ना भएका सैनिकको तालिम सम्पन्न भएको अवसरमा कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

विद्रोहीका आक्रमणमा एकजना वरिष्ठ सैनिक कमान्डरको समेत मृत्यु भएको बताइएको छ । अन्तर्रा्ष्ट्रिय स्वास्थ्य संस्था ‘एमएसएफ’ले विद्रोहीको आक्रमणमा कयौं मानिस घाइते भएको जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top