सुडानको सैनिक परिषद् र विपक्षी गठबन्धनबीच सम्झौता

साउन १८, एजेन्सी । सुडानको अन्तरिम सैनिक परिषद् र मुख्य विपक्षी गठबन्धनबीच संवैधानिक घोषणापत्रसम्बन्धी सम्झौता भएको छ ।

यो घोषणापत्रले नयाँ अन्तरिम सरकार बनाउने बाटो खुलेको छ । सुडानका लागि अफ्रिकी युनियनका प्रतिनिधि मोहम्मद हान्स लेबाटले सम्झौताका केही प्राविधिक पक्ष मिलाउन बाँकी रहेको जानकारी दिए ।

सम्झौतामा नयाँ सरकार गठनदेखि शान्ति–प्रक्रिया हुँदै निर्वाचनसम्मका विषयवस्तु समेटिएको छ । नागरिक सरकारको माग गर्दै भएको प्रदर्शनमा भड्किएको हिंसामा संलग्न रहेको भन्दै सैन्य परिषद्ले ९ जना सेनालाई बर्खास्त गरेको सार्वजनिक भएलगत्तै पछिल्लो सम्झौता सार्वजनिक भएको हो ।

Advertisement

गत अप्रिलमा सेनाले राष्ट्रपति ओमार अल बशिरलाई अपदस्थ गरेपछि सुडान राजनीतिक अस्थीरतामा रुमल्लिरहेको छ । सैनिक परिषद् र विपक्षी गठबन्धनबीच गत जुलाईमा शक्ति बाँडफाँटका विषयमा सम्झौतामा भएको थियो ।

सुडानमा सेनाले सत्ता हातमा लिएपछि नागरिक सरकारको माग गर्दै प्रदर्शनहरु भइरहेका छन् । सैनिक परिषद्ले अरु आन्दोलनकारी समूहहरुसँग पनि वार्ता र सम्झौताको प्रयास गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top