×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत सेकेण्डरी मार्केटमा

२० श्रावण २०७६

२० साउन, काठमाडौँ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनि र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडबीच शेयर सूचीकरण सम्झौता भएको छ । यो सम्झौता संगै रसुवागढी हाईड्रो पावर लिमिटेड र सान्जेन जलविद्युत् कम्पनीले मंगलबार देखि नै दोश्रो बजारमा शेयर कारोबार गर्ने बाटो खुलेको छ । दुवै कम्पनी र नेपाल स्टक एक्सचेन्जबीच सोमबार दोश्रो बजारमा शेयर सूचीकृत गर्ने सम्बन्धी सम्झौता भएको हो ।

शेयर सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र रसुवागढी हाईड्रोपावर कम्पनिको तर्फबाट कार्यकारी अधिकृत विश्व मल्ल तथा सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन । शेयर निष्कासन तथा बाँडफाँड भएको झण्डै साढे ३ महिनापछि मात्रै यी दुई कम्पनीको शेयर पूँजी बजारमा सूचीकृत भएको हो ।

Advertisement
Advertisement

रसुवागढीले १ सय ११ मेगावाटको रसुवागढी र सान्जेनले ५७ दशमलब ३ मेगावाटको सान्जेन र माथिल्लो सान्जेन निर्माण गरिरहेको छ । नेपाल स्टक एक्सचेन्ज र रसुवागढी हाईड्रोपावर कम्पनि बीच प्रति शेयर अंधिक तथा चुक्ता मुल्य १ सय कायम भएको ६ करोड १५ लाख ७८ हजार ९ सय कित्ता शेयर सूचीकरणको सम्झौता भएको छ ।

त्यसैगरी सान्जेन जलविद्युत् कम्पनीको ३ करोढ २८ लाख ५० हजार कित्ता शेयर सूचीकरण सम्झौता भएको छ । रसुवागढीको सूचीकृत शेयर मध्ये सर्वसाधरण तर्फको १ करोड २ लाख ६३ हजार १ सय ५० र संस्थापक शेयरमा ३ करोड ४८ लाख ९४ हजार ७ सय १० कित्ता रहेको छ । कर्मचारी संञ्चयकोषमा रकम संचित गर्ने सञ्चयकर्ता कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी र संस्थापक संगठित संस्थाका कर्मचारीहरु समेत गरि १ करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर पनि सूचीकृत भएको छ । यो कम्पनीले आगामी असार भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

Advertisement
Advertisement

त्यसैगरी सान्जेनको सर्वसाधरण तर्फको ५४ लाख ७५ हजार कित्ता शेयर, कम्पनीलाई ऋण दिने संस्थाको ३ लाख ६५ हजार , संस्थापक शेयरधनी संस्थाका कर्मचारीको १२ लाख ७७ हजार ५ सय , संञ्चयकोषमा रकम संचित गर्ने सञ्चयकर्ता कर्मचारीको ७१ लाख १७ हजार ५ सय कित्ता शेयर सुचिकृत भएको छ । दुई कम्पनीको शेयर कारोबार सुरु भएसंगै दोश्रो बजारमा तरलता उत्पन्न भई लगानीकर्ताको मनोबल बढ्ने अपेक्षा नेप्सेले गरेको छ । नेप्सेका अनुसार सान्जेनको शेयर कारोबार ९६ दशमलब ३१ देखि २ सय ८८ दशमलब ९६ रुपैया र रसुवागढीको ९७ दशमलब २९ देखि २ सय ९१ दशमलब ८७ रुपैयाको सिमाभित्र हुनेछ ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top