कायरोमा सवारी दुर्घटना, १९ जनाको मृत्यु

२० साउन ७६, सोमबार

२० साउन  , कायरो।

Advertisement

इजिप्टको राजधानी शहर कायरोको एक क्यान्सर इन्स्टिच्यूट नजिक भएको सवारी दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।

इजिप्टका सुरक्षा निकायहरुले आइतबार मध्यराति नेसनल ट्यूमर सेन्टर नजिक विपरीत दिशाबाट आएको एउटा कारले अरु तीनवटा सवारी साधनलाई ठक्कर दिएका कारण ठूलो बिस्फोट सहित दुर्घटना भएको बताएका छन् ।उक्त घटनामा घाइते भएका अरु तीन जनाको अवस्था नाजूक रहेको छ ।

Advertisement

दुर्घटनास्थलमा अरु पनि कारहरु जलेको अवस्थामा भेटिएको प्रहरीको भनाई छ । रासस/एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top