२ करोड ३५ लाख खाताको निक्षेप सुरक्षणमा ६ खर्ब २८ अर्ब, निक्षेपकर्तालाई राहत

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले गत आर्थिक वर्षमा दुई करोड ३५ लाख १२ हजार वटा निक्षेप खाता सुरक्षण (बीमा) गरेको छ । कोषले उक्त खातामा रहेको प्रति खाता दुई लाख रुपैयाँका दरले ६ खर्ब २८ अर्ब ५ करोड निक्षेप सुरक्षण गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ सम्म एक करोड ९३ लाख खाता सुरक्षण भएकोे थियो । उक्त खातामा रहेको चार खर्ब ३० अर्ब रुपैयाँ निक्षेप सुरक्षण गरिएको कोषले जानकारी दिएको छ ।

Advertisement

कोषमा प्राकृतिक व्यक्तिको नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेपमा रहेको निक्षेप सुरक्षण हुने व्यवस्था छ । सुरक्षण गरिएको निक्षेप बैंक तथा वित्तीय संस्था डुबे पनि निक्षेपकर्ताले प्रतिव्यक्ति प्रतिबैंक खाता दुई लाख रुपैयाँका दरले फिर्ता पाउँछन् । कोषले प्रतिबैंक दुई लाखका दरले प्रतिव्यक्तिको खाता सुरक्षण गर्दै आएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ को दफा १९ मा कोषले प्रत्येक प्राकृतिक व्यक्तिको निक्षेप खातामा रहेको दुई लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गर्ने व्यवस्था गरेको छ ।

Advertisement

सो व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्था डुबे पनि निक्षेपकर्तालाई प्रतिबैंक प्रति खाता दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति कोषले दिने कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले बताए । मिश्रले भने-‘एउटै बैंकमा धेरै रकम राख्दा बैंक डुब्न गएको खण्डमा निक्षेपकर्ताको धेरै रकम डुब्ने जोखिम हुन्छ । यसबाट निक्षेप डुब्न सक्ने अवस्था न्यूनीकरण हुनुको साथै आम निक्षेपकर्ताको खातामा रहेको न्यूनतम रकम सुरक्षण हुने छ ।’

कुनै पनि निक्षेपकर्ताले एउटै बैंक तथा वित्तीय संस्थामा एकभन्दा बढी निक्षेप खाता सञ्चालन गरेमा वा संयुक्त निक्षेप खाता भएमा वा तेस्रो पक्ष लाभकारी निक्षेप खाता भएका सबै खातालाई समष्टीकृत गरी एकै खाता सरह मान्यता दिइने प्रावधान छ ।

Advertisement

ती खातालाई अलग अलग गणना गर्न पाउने छैन ।

कोषले सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थामा रहेको पुँजी एउटै बैंकमा नराखी ‘क’ वर्गका वाणिज्य बैंकदेखि ‘घ’ वर्गका लघुवित्त बैंकहरूसम्म परिचालन गरेर एउटा बैंकमा एउटामात्र खाता राख्न मार्ग निर्देश गरेको हो । कोषले निक्षेप सुरक्षण बढाउनुको साथै सुरक्षण शुल्क समेत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७५/७६ को असारमसान्तसम्म कोषले निक्षेप सुरक्षणबाट २५ करोड १२ लाख रुपैयाँ शुल्क आम्दानी गरेको छ ।

गत आवमा एक करोड ९६ लाख ६६ हजार ‘क’ वर्गका वाणिज्य बैंकको खाता सुरक्षण गरिएको छ । ‘उक्त खातामा रहेको पाँँच खर्ब १९ अर्ब २२ करोड निक्षेप सुरक्षण भएको छ,’ मिश्रले भने–‘सो अवधिसम्म कोषमा २९ वटा विकास बैंकमा रहेका खातामध्ये ३२ लाख ८७ हजार खातामा रहेको ९५ अर्ब ३४ करोड निक्षेप सुरक्षण भएको छ ।’

त्यस्तै ‘ग’ वर्गका २२ वटा वित्तीय संस्थाले १२ अर्ब ५४करोड रुपैयाँको निक्षेप सुरक्षण गराएका छन् । सो निक्षेप ५१ लाख ६५ हजार निक्षेपकर्ता हो । ‘घ’ वर्गका २ वटा लघुवित्त वित्तीय संस्थाले ४१ हजार पाँच सय १८वटा खातामा रहेको रकममध्ये प्रतिखाता दुई लाखका दरले ९३ करोड ९८ लाख निक्षेप सुरक्षण गराएका छन् । विकासन्युज

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top