×

NEPAL TIMES UPDATES

Playing
विपक्षीले सरकारलाई घेरे,डोजर आतंक मच्चाएको देखि दुरूत्साहन मुद्दासम्म|| Nepal Times
May 11, 2026
Playing
Top 15 Afternoon News || May-12-2026 || Nepal Times
May 11, 2026
Playing
सुकुम्बासीको लगत संकलन, नापी र पूर्जा वितरणमा कांग्रेस अगुवा बन्ने|| Nepal Times
May 11, 2026
Playing
ट्रम्प बुधबार चीन जाँदै, सीसंग गर्दैछन् इरानबारे छलफल|| Nepal Times
May 11, 2026
Playing
सुशीला कार्कीले भनिन् पत्रकारले बेइज्जत गर्याे || Nepal Times
May 11, 2026
Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026
Playing
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान|| Nepal Times
May 11, 2026
Playing
आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै || Nepal Times
May 11, 2026
Playing
ठूलो दु र्घट ना टर्यो, डेढ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो || Nepal Times
May 11, 2026
Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026

अन्तरिम संरचना गठनमा जुट्यो कांग्रेस

२ भाद्र २०७६

२ भदौ, काठमाडौं । नेपाली कांग्रेस पार्टीको अन्तरिम संरचना गठनमा जुटेको छ । संघीयतामा गएको चार वर्ष पुरानै संरचनाबाट सञ्चालित कांग्रेस आगामी महाधिवेशनका लागि स्थानीय तहमा संगठन पुनर्संरचना गर्न सक्रिय भएको हो ।

कांग्रेसको अघिल्लो आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ‘नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ पारित गरेको थियो। निर्देशिकाअनुसार पार्टीको केन्द्रीय निर्वाचन समिति संरचना समायोजनमा जुटेको हो । राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी संयोजकत्वको निर्वाचन समितिले आइतबार पार्टी सभापतिसहित पदाधिकारीसँग छलफल गरेको छ ।

Advertisement
Advertisement

‘निर्देशिकाबारे हामीले छलफल गरेका हौं,’ समिति संयोजक अधिकारीले भने, ‘निर्देशिकामा कतिपय कुरा दोहोरिएका छन्, केही बुँदा दोहोरो अर्थ लाग्ने खालका पनि छन् । ती विषयमा प्रस्ट पार्ने काम भयो ।’ समिति निर्देशिकाअनुसार स्थानीय संरचना निर्माणमा जुटेको उनले जानकारी दिए । निर्देशिकामा भदौ २० गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय समिति गठन गरिसक्नुपर्ने उल्लेख छ भने स्थानीय तहमा कात्तिक मसान्तभित्र अन्तरिम संरचना गठन गर्नुपर्ने कार्यतालिकामा तोकिएको छ ।

निर्वाचन समितिसँगको छलफलमा पार्टी सभापति शेरबहादुर देउवाले सहमतिमै सबै निकायमा पार्टी संगठन समायोजन गर्न सुझाव दिएका थिए । ‘सभापति ज्यूको भनाइ यथासक्य चाँडो वडा तहसम्म पार्टी संरचना बन्नुपर्छ भन्ने नै हो,’ पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले भने, ‘सबै ठाउँमा सहमतिमा संरचना निर्माण गर्न उहाँले सुझाव दिनु भएको छ ।’

निर्वाचन समिति संयोजक अधिकारीले निर्देशिकाले तोकेको समयसीमामै पार्टीको अन्तरिम संरचना गठन भइसक्ने बताए । ‘धेरै ठाउँमा सहमतिमै संरचना बनिसकेका छन्, विवाद हुँदैन, पार्टी सभापति, वरिष्ठ नेताहरूले पनि आवश्यक सहयोग गर्छाैं भन्नु भएको छ,’ उनले भने, ‘निर्देशिकामा सबै कुरा स्पष्ट उल्लेख भएकाले समयमै देशभरि पार्टीको अन्तरिम संरचना गठन भइसक्छन् ।’ कांग्रेसमा सबै अन्तरिम संरचना सहमतिबाटै गठन हुनेछन् ।

पार्टीको स्थानीय संगठनको समायोजन र गठनसम्बन्धी मापदण्डमा ‘संविधानअनुसार स्थानीय तह संसदीय निर्वाचन क्षेत्र निर्धारण भएपछि सीमांकन हेरफेर नभई यथावत् कायम रहेका वडा, गाउँ, नगर, उपमहानगरपालिका, महानगरपालिका र प्रतिनिधिसभा क्षेत्रमा कायम रहेका कार्यसमिति यथावत् कायम रहने’ उल्लेख छ ।

त्यस्तै साबिकको गाउँ–नगरपालिका वडामा रूपान्तरण भएमा साबिकको कार्यसमिति नै रूपान्तरित वडा कार्यसमिति हुनेछ । नयाँ बन्ने संरचनाको नेतृत्व सहमतिबाट नभए गोलाप्रथाबाट गर्ने प्रावधान निर्देशिकामा व्यवस्था भएकाले समस्या नहुने निर्देशक समितिको विश्वास छ ।

Advertisement
Advertisement

निर्देशिकामा अन्तरिम संरचना गठनका लागि निर्वाचन समितिले जिल्लाबाटै प्रतिनिधि परिचालन गर्ने भएको छ । केन्द्रबाट प्रतिनिधि पठाउँदा खर्चिलो हुने भएकाले जिल्लाबाटै प्रतिनिधि तोकिने निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । ‘कम खर्च गर्ने गरी कांग्रेसनिकट वरिष्ठ कानुन व्यवसायीलाई प्रतिनिधिको जिम्मेवारी दिन्छौं,’ ती सदस्यले भने, ‘केही दिनमै प्रतिनिधिको टुंगो लाग्छ ।’ अन्तरिम संरचना गठन भइसकेपछि कांग्रेस औपचारिक रूपमा १४ औं महाधिवेशनमा जुट्ने छ । अन्नपूर्ण पोष्टबाट

भर्खरको समाचार

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

सम्बन्धित खबरहरु

Scroll to Top