×

NEPAL TIMES UPDATES

Playing
विपक्षीले सरकारलाई घेरे,डोजर आतंक मच्चाएको देखि दुरूत्साहन मुद्दासम्म|| Nepal Times
May 11, 2026
Playing
Top 15 Afternoon News || May-12-2026 || Nepal Times
May 11, 2026
Playing
सुकुम्बासीको लगत संकलन, नापी र पूर्जा वितरणमा कांग्रेस अगुवा बन्ने|| Nepal Times
May 11, 2026
Playing
ट्रम्प बुधबार चीन जाँदै, सीसंग गर्दैछन् इरानबारे छलफल|| Nepal Times
May 11, 2026
Playing
सुशीला कार्कीले भनिन् पत्रकारले बेइज्जत गर्याे || Nepal Times
May 11, 2026
Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026
Playing
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान|| Nepal Times
May 11, 2026
Playing
आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै || Nepal Times
May 11, 2026
Playing
ठूलो दु र्घट ना टर्यो, डेढ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो || Nepal Times
May 11, 2026
Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026

गुपचुपमा ल्याइँदै शिक्षा नीति, मन्त्रालयका उच्च अधिकारी नै बेखबर

२ भाद्र २०७६

२ भदौ, काठमाडौं ।

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नगरेको सरकारले प्रस्तावित राष्ट्रिय शिक्षा नीतिसमेत गुपचुप राखेको छ । मन्त्रिपरिषद्बाट अन्तिम टुंगो लगाउने तयारीमा रहेको नीतिबारे सरोकारवाला र मन्त्रालयका उच्च अधिकारीहरू समेत बेखबर छन् ।

Advertisement
Advertisement

सरकारले २०२८ सालको नीति विस्थापित गर्न संघीय संरचनाअनुरूप नयाँ शिक्षा नीति ल्याउन लागेको हो । प्रस्तावित नीतिमाथि मन्त्रिपरिषदको सामाजिक समितिमा छलफल भइसकेको छ ।

तर त्यसमा के कस्ता व्यवस्था छन् भन्ने विषयमा मन्त्रालयका उच्च तहका कर्मचारीहरू नै जानकार छैनन् । ‘छलफलमा सचिव जानुहुन्छ, प्रारम्भिक मस्यौदा मन्त्रालयमा तयारी पारिएको हो, त्यसपछि केके भएको छ, थाहा छैन,’ मन्त्रालयका एक अधिकारी भने ।

शिक्षा सचिव खगराज बरालले समितिबाट मन्त्रिपरिषद् पुगेको उक्त नीतिको मस्यौदा स्वीकृतिको चरणमा रहेको जनाए । मन्त्रिपरिषद्मा छलफलमै रहेकाले विषयवस्तु सार्वजनिक नगरिएको उनले बताए । शिक्षाविद्हरू शिक्षा नीतिमा सर्वसाधारणको समेत चासो रहने हुनाले सार्वजनिक बहसमा ल्याउनुपर्ने बताउँछन् ।

सरकारले उच्चस्तरीय शिक्षा आयोगमार्फत संघीय शिक्षा नीति र ऐन बनाउन सुझाव संकलन गरेको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित आयोगले ८ महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझावसहितको प्रतिवेदन बुझाएको थियो । सरकारले प्रतिवेदन लुकाएर आफू अनुकूल शिक्षा नीति र ऐन ल्याउन खोजेको आरोप लाग्दै आएको छ ।

आयोगका सदस्यहरूका अनुसार प्रधानमन्त्री ओली नै आयोगका सुझावप्रति सकारात्मक छैनन् । शिक्षामन्त्री पोखरेलले पनि सुझावअनुकूल नीति र ऐन ल्याउनपहल गर्न नसकेको उनीहरूको भनाइ छ ।

‘शिक्षा क्षेत्रमा सुधार गर्ने इच्छाशक्ति सरकारसँग छ कि छैन भन्नेमै शंका हुन थालेको छ,’ आयोगकी सदस्य सुसन आचार्यले भनिन्, ‘१० महिनाको मिहिनेतले तयार पारिएको प्रतिवेदन लुकाएर अघि बढ्न खोज्नु दुःखद छ ।’ शिक्षा क्षेत्रका विकृति व्यवस्थापन गर्न सरकार संवेदनशील नबनेको उनले गुनासो गरिन् ।

स्रोतका अनुसार प्रस्तावित शिक्षा नीतिमा गुठीमा जान चाहने निजी विद्यालयलाई सरकारले विशेष सुविधा दिने प्रावधान छ । आयोगले १० वर्ष्भित्र निजी विद्यालयलाई गुठी वा गैरनाफामूलक संस्थामा रूपान्तरण गर्न सुझाव दिएको थियो । यसमा निजी विद्यालय सञ्चालकहरूको असन्तुष्टि थियो ।

अब कम्पनीको स्वामित्वमा रहेका निजी विद्यालयलाई जग्गा दर्ता, गाडी, शिक्षा तालिम, शैक्षिक सामग्री खरिदमा सहुलियत दिएर गुठीकरण गर्ने नीति अख्तियार गर्ने प्रस्ताव गरिएको हो । स्रोतका अनुसार संविधानले स्थानीय सरकारलाई दिएको शिक्षाको अधिकार खोस्न लागिएको छ । शिक्षकलाई प्रदेश सरकारमातहत खटनपटन र व्यवस्था गर्ने गरी नीति अघि सारिएको स्रोतको दाबी छ ।

शिक्षक महासंघ र मन्त्रालयबीचको सहमति कार्यान्वयन गर्न शिक्षकहरूलाई प्रदेशमातहत राख्न लागिएको हो । शिक्षक पेसालाई स्तरीकरण गरेर लैजाने प्रस्ताव पनि नीतिमा छ । उच्च शिक्षामा उत्कृष्ट विद्यार्थीलाई शिक्षण पेसामा आकर्षित गर्न प्रोत्साहन गर्ने उल्लेख छ । प्रस्तावित नीति मन्त्रिपरिषद्मा चार महिनाअघि नै पेस गरिएको हो । तर मन्त्रीहरूबीच मतभेद रहेकाले पारित हुन ढिलाइ भएको स्रोतले जनाएको छ । कान्तिपुर दैनिकबाट

Advertisement

भर्खरको समाचार

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

सम्बन्धित खबरहरु

Scroll to Top