×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

३ महिनामा ९० अर्बले बढ्यो लगानी प्रतिवद्धता, स्वदेशी तथा विदेशी लगानीकर्ता उत्साहित

३ भाद्र २०७६

३  भदौ, काठमाडौं ।

एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि अघिल्लो वर्षको तुलनामा ९० अर्बले लगानी प्रतिवद्धतामा वृद्धि भएको छ । सेवा केन्द्र सञ्चालनमा आएपछि स्वदेशी तथा विदेशी लगानीकर्ता उत्साहित भएका छन् ।

Advertisement
Advertisement

जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्र शुरु भएको हो । २०७६ जेठ १ गतदेखि भदौको १ गतेसम्म १ खर्ब ७ अर्ब ५० करोड ८० लाखको लगानी प्रतिद्धता आएको छ भने २०७५ जेठ १ गतदेखि भदौको १ गतेसम्म १७ अर्ब ३३ करोड ७० लाखको लगानी प्रतिद्धता आएको थियो । सरकारले विदेशी तथा विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा उद्योगमा स्वदेशी तथा विदेशी लगानी वृद्धि हुँदै गएको हो ।

उद्योग विभागको तथ्याङ्क अनुसार एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि (२०७६ जेठ १ गतेदेखी भदौ १ गते सम्म) १ खर्ब ७ अर्ब ५० करोड ८० लाखको लगानीमा ८५ वटा उद्योग दर्ता गर्ने प्रतिबद्धता आएको छ । गतवर्ष (२०७५ जेठ १ गतेदेखी भदौ १ गते सम्म) १७ अर्ब ३३ करोड ७० लाखको लगानीमा ९९ वटा उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको थियो ।

लगानीमा वृद्धि भएपनि उद्योगको संख्यामा भने कमि आएको छ । अघिल्लो वर्ष ९९ उद्योग दर्ता प्रतिवद्धता आएको थियो भने यो वर्ष ८५ वटा मात्रै उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष रोजगारी प्रतिवद्धतामा पनि कमि आएको छ । अघिल्लो वर्ष ६ हजार ६३५ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको थियो भने यो वर्ष ४ हजार ७२२ जनालाई मात्रै रोजगारी प्रतिवद्धता आएको छ ।

उद्योग विभागमा लगानीका विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । उर्जामूलक, पर्यटनमूलक र उत्पादनमूलक उद्योगमा बढी आकर्षण देखिन्छ । तथ्यांक अनुसार विभागमा दर्ता भएका विदेशी लगानीका उद्योगमा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका छन् । विभागमा दर्ता भएका विदेशी लगानीका ८५ उद्योगमध्ये उर्जामूलक क्षेत्रमा २५ वटा छन् । पर्यटनमूलक र उत्पादनमूलक उद्योग २०/२० वटा दर्ता भएका छन् । यसैगरी, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा ६ वटा, सेवामूलकमा ९ वटा र कृषिजन्यमा ५ वटा उद्योग दर्ता भएका छन् ।

उद्योग विभागका महानिर्देशक तथा एकल विन्दु सेवा केन्द्रका प्रमुख विनोदप्रकाश सिंहले सेवाकेन्द्र संचालनमा आएपछि उद्योग दर्ता सहज र सरल तरिकाले उद्योग दर्ता भएकाले लगानीमा वृद्धि भएकोे बताए । उनले प्रक्रिया र डकुमेन्ट पूरा लिएर आएका सेवाग्राहीको काम सेवा केन्द्रबाट छिटोछरितो रुपमा भएको बताए । सबै काम एकै ठाउँबाट हुने भएकाले पनि उद्योग दर्तामा आकर्षण बढेको बताए ।

Advertisement

२०४९ साल देखी एकल विन्दु सेवाकेन्द्रको अवधारणा आएपनि जेठ १ गते देखि सञ्चालनमा आएको हो । उद्योगी उमेशलाल श्रेष्ठले पछिल्लो समयमा उद्योग क्षेत्रमा लगानी प्रतिवद्धता वृद्धि हुनुमा लगानी सम्मेलन र देशमा उद्योगको विकास नभै हुँदैन भन्ने भावको विकास भएकाले पनि उद्योग दर्ता वृद्धि भएको बताए । विकासन्युज

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top