प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

३ भदौ ७६, मंगलबार

३ भदौ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

Advertisement

संक्रमणकालीन न्यायको विषयको टुंगो लगाउन संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाइएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले विभिन्न आयोग गठनको काम एक हप्तामा टुंगो लगाइसक्ने बताएका थिए ।

त्यसै अनुसार उनले मंगलबार सर्वदलीय बैठक बोलाएको संयोजक अधिकारीले जानकारी दिए । बैठक बेलुका ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यस्तै, दिउँसो ३ बजे नेकपाको सचिवालय बैठक पनि बस्दैछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top