विप्लवका नवलपरासी जिल्ला सदस्य ढकाल पक्राउ

५ भदौ ७६, शुक्रबार

६ भदौ, नवलपरासी ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएका प्रेमप्रसाद ढकाल विहीबार राति पक्राउ परेका छन् ।

Advertisement

सुनवल नगरपालिका–१३, बडेरास्थित घरबाटै ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय, पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

पक्राउ परेका ढकालमाथि आवश्यक अनुसन्धान थालिएको उनले बताए । विप्लव समूहका जिल्ला इञ्चार्ज सुमन ज्ञवाली सहित पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परि कारागारमा छन् ।

Advertisement

पक्राउ परेका अन्य केही जिल्लास्तरका नेताहरूले विप्लव समूह परित्याग गरी धरौटीमा छुट्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top