सिजनको पहिलो खेलमा युभेन्टसको जित

७ भदौ ७६, आइतबार

८ भदौ, एजेन्सी ।

साविक विजेता युभेन्टसले जितसहित टालियन सिरी ए फुटबलको नयाँ सिजनको थालनी गरेको छ । डिफेन्डर जर्जियो किएलिनीको एकमात्र गोलमा युभेन्टसले नयाँ सिजनका लागि कठिन जित निकालेको छ ।

शनिबार राति भएको खेलमा रोनाल्डोसहितको युभेन्टसले पार्मालाई १–०ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा युभेन्टसको जितमा कप्तान जर्जियोले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको २१औं मिनेटमा एलेक्स सान्ड्रोको पासमा गोल गरेका थिए । ।

Advertisement

रोनाल्डोले युभेन्टसका लागि अर्को गोल गरेका थिए । तर भिएआर मार्फत हेर्दा अफसाइड भएको देखिएपछि उनको गोलले मान्यता पाएन ।

अग्रपङ्तिमा सुपरस्टार क्रिस्टियानो रोनाल्डो, गोन्जलो हिगुआइन र डग्लस कोस्टाजस्ता स्तरीय फरवार्ड उतार्दै घरेलु टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि युभेन्टसले थप गोल गर्न सकेन । किएलिनीको गोल नै निर्णायक बन्यो ।

Advertisement

पछिल्लो समय ट्रान्सफर बजारमा चर्चित रहेका अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला र नयाँ डिफेन्डर म्याथिस डे लिग्ट पुरै समय बेन्चमा रहे । जितसँगै युभेन्टसको ३ अंक भएको छ । पार्मा अंकविहीन छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top