पेडा खाएपछि बेहोस भएका आचार्यलाई विष खुवाएको खुलासा

१० भदौ ७६, मंगलबार
Share this
707shares

१० भदौ, हरिद्वार । गतसाता अचानक अस्वस्थ हुनुभएका भारतस्थित पतञ्जली योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृणलाई कसैले विष खुवाएको खुलासा भएको छ ।

Advertisement

नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवका मुख्य सहयोगी हुन्। पतञ्जली योगपीठ नेपालमा पनि सक्रिय छ। आचार्य अस्वस्थ भएपछि नेपालस्थित पतञ्जलीका अधिकारी अहिले भारतको हरिद्वार पुगेका छन्।

Advertisement

कृष्ण जन्माष्टमीको दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा अचानक बिरामी हुनुभएका आचार्य बालकृष्णको स्वाथ्यमा सुधार देखिएको छ । पेडा खाएको केही समयपछि बेहोस हुनुभएका आचार्यलाई तत्काल पतञ्जलीको स्वामित्वमा रहेको अस्पतालबाट अर्कै अस्पतालमा सरुवा गरिएको थियो।आचार्यलाई पेडामा विष मिसाएर खान दिएको आशंका गरिएको छ ।

आचार्य बालकृष्ण पतञ्जली योगपीठ ट्रस्टका महासचिव छन । ट्रस्टले ५ हजारभन्दा बढी पतञ्जली क्लिनिकको संयोजन गर्दै आएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top