क्षतिपूर्तिको माग गर्दै कोशी पीडितहरुको अनशन जारी

१० भदौ, मोरङ । कोशी पीडितहरुले क्षतिपूर्तिको माग गर्दै कोशी ब्यारेजमा गरेको अनशन ११ औं दिन पनि जारी छ ।

कोशी नदी कटान डुबान संघर्ष समितिले आफ्ना तीन सूत्रीय माग राख्दै कोशी ब्यारेजमा रिले अनशन जारी राखेको संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीले बताए । कोशी ब्यारेज निर्माणका बेला सन् १९५४ मा भारत र नेपालबीच भएको सम्झौताअनुसारको क्षतिपूर्तिको रकम पाउनुपर्ने माग उनीहरुको छ ।

५३ हजार बिघाभन्दा बढी जग्गा क्षति भएकामा सात हजार बिघा जग्गाको ‘भेरिफिकेशन’ गरेर त्यसवापतको क्षतिपूर्ति रकम दिन भारतीय अधिकारीले नेपाललाई रु ८० करोड उपलब्ध गराएपनि अहिलेसम्म त्यो रकम नपाएको र अरु जग्गाको पाउनुपर्ने क्षतिपूर्तिसमेत नदिएको पूर्वसांसद नागेन्द्र झाको भनाइ छ ।

Advertisement

माग पूरा नभए अहिले भारतले निर्माण गरिरहेको पाइलट च्यानलको कामसमेत रोक्ने उनले चेतावनी दिए । सुनसरी, सप्तरी र उदयपुरबाट आएका पीडितले जग्गामा भएको बाली क्षतिको मुआब्जा पाउनुपर्ने, जग्गाको सुरक्षा हुनुपर्ने र कोशी निर्माणका बेला भारत र नेपालबीच भएको सम्झौता रकम पाउनुपर्नेलगायतका माग राख्दै आफूहरु आन्दोलनमा उत्रेको बताए ।

भारतीय पक्षले मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध नगराएको भन्दै पीडित गत साउन ३२ गतेदेखि नै अनशनमा बसेका छन् ।

Advertisement

ब्यारेज बनेपछि घरखेत र बाली गुमाएका परिवारलाई भारतले क्षतिपूर्ति रकम उपलब्ध गराउने सम्झौता भएपनि हालसम्म १५ हजारभन्दा बढी परिवारको ५३ हजार बिघाभन्दा बढी जग्गा क्षति भएको पीडितको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top