नोर्विच सिटी कारबाओ कपबाट बाहिरियो

११ भदौ ७६, बुधबार
Share this
713shares

भदौ ११, एजेन्सी । कारबाओ कप फुटबलबाट नोर्विच सिटी बाहिरिएको छ । दोस्रो डिभिजनको क्लव क्राउलीसँग एक शून्यले पराजित हुँदै नोर्विच प्रतियोगिताको दोस्रो चरणबाट बाहिरियो ।

Advertisement

क्लबको इतिहासमा दोस्रो पटक कारबाओ कपको तेस्रो चरणमा पुगेको क्राउलीको जितमा एकमात्र गोल बेरले लुबालाले गरेका थिए । ब्रमिङघमका पूर्व मिडफिल्डर लुबालाले खेलको १७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनको सिजनको यो पाँचौ गोल थियो ।

एक गोलले पछि परेपछि खेलमा फर्कन जति पनि प्रयास गरेको नोर्विच सफल हुन सकेन र आश्चार्यजनक रुपमा प्रतियोगिताबाट बाहिरीयो ।

Advertisement

आश्चार्यजनक हारपछि नोर्विच टिमका प्रशिक्षक डेनीयल फार्कीले आफु राम्रो टिम भए पनि भाग्यले साथ दिएन, खेलमा पाँच जनाको डेब्यू थियो भने टिममा ११ खेलाडील परिवर्तन गरिएको थियो, यस्तो भएपछि नजितापनि खराव आउनु स्वभाविक रहेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top