ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको निर्णय कार्यान्वयन गरी छाड्नेः मन्त्री भट्टराई

११ भदौ ७६, बिहीबार

१२ भदौ, भरतपुर ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पाप र धर्मको ख्याल राखेर भए पनि आन्तरिक हवाई उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको घोषणा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

उनले सरकारको यो निर्णय कार्यान्वयन गरी छाड्ने बताएका छन् । साथै उनले आन्तरिक पर्यटनमा भाडादरले असर पारेकाले पुनरावलोकन हुने बताए ।

Advertisement

उनको घोषणा कार्यान्वयनमा आउनु अगावै निजी एयरलायन्स सञ्चालकहरुले विभिन्न टिप्पणी गरेको प्रसंग जोड्दै भने ,‘उहाँहरु आफैले आएर यस्तो घोषणा गरेका छौं भन्नुहोला भन्ने आशा थियो आउनुभएन । तर सरकारले गरेको निर्णयमा पनि विभिन्न टिप्पणी आएका छन्, त्यसको म स्वागत नै गर्छु । उहाँहरुले पनि पाप र धर्मको ख्याल त राख्नुहोला नि ।’

चितवनको भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले राज्यले नै सम्मान गर्नुपर्ने उमेरका वृद्धवृद्धालाई भाडा छुट दिन सकिने अवस्था देखेर नै निर्णय लिइएको प्रष्ट पारे ।

Advertisement

मन्त्री भट्टराईले आन्तरीक हवाई भाडादर महँगो हुँदा पर्यटन क्षेत्रमा केही असर परेको पनि उक्त अवसरमा बताए ।

आन्तरिक भाडादर किन महँगो भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री भट्टराईले भने, ‘भाडादर महँगो हुँदा पर्यटनमा असर परेको छ, यसमा पुनरावलोकन हुन्छ’, मन्त्री भट्टराईले भने ।

नवलपरासी तथा देवघाट क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका मन्त्री भट्टराईले आफ्नो १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन गर्नको लागि सरोकारवाला निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ३ महिनाभित्र लागू गर्न निर्देशन दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top