आचार्य बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी

१२ भदौ ७६, बिहीबार
Share this
694shares

१२ भदौ, हरिद्वार । आचार्य बालकृष्णलाई उनी निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको छ ।

Advertisement

केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्व कर्मचारीले कृष्ण जन्माष्टमीको दिन पेडा खुलाएर हत्या प्रयास गरेको खुलेको हो ।

कृष्णजन्माष्टमीको दिन गुरुको हैसियतले एक पकेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिलाएको पेडा खान दिएको खुलेको छ ।

Advertisement

आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी फर्किएका पतञ्जली योगपीठ नेपाल ट्रष्टी इञ्जिनियर शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको बताए ।

हत्या प्रत्यासबाट जोगिएका आचार्य बालकृष्ण यही भदौं १८ गते नेपाल आउने पनि बताइएको छ । नेपालमा पनि उनको स्वास्थ्यबारे चासो भएकाले नेपाल आउन लागेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top