फोब्र्सको सूचीमा परेकी आयुसीले सुनाइन् खाली सिसिको कथा

१३ भदौ ७६, शनिबार

१३ साउन, विराटनगर ।
विराटनगरमा अंग्रेजी महिनाको अन्तिम विहीबार हुने “लास्ट थर्सडे” कार्यक्रममा खाली सिसिकी संस्थापक तथा कार्यकारी निर्देशक आयुसी केसीले आफना अनुभव साटेकी छन । उनले अतिथि वक्ताको रूपमा बिराटनगरका युवाहरू माझ अन्तरक्रिया गरेकी हुन् ।

Advertisement

२०१८ को फोब्र्सको अन्डर ३० र एसिया २१ योंग लिडर २०१९ मा पर्न सफल उद्यमी आयुशीले सहभागिका प्रश्नको समेत जिज्ञाशा मेटाएकी थिइन् । मध्यम परिवारमा जन्मेकी केसीले कुनै व्यवसायी घरानाबाट नभएपनि मेहनत गरी जस्तो परिस्थितिमा जन्मे हुर्के पनि परिवर्तनको संवाहक बन्न सक्ने प्रेरणा आफुले परिवारबाट पाएको बताइन् ।

Advertisement

शिक्षा भन्दा पनि जरुरी अनुभव रहेको बुझाइको कारण आफ्ना साथीहरु उच्च शिक्षा हासिल गर्न बाहिर गईरहेको बेला आफुले नेपालमा पढ्ने र केहि गर्ने सोच बनाएको र अवसरले ढोका ढकढकाएको बेला आफुले त्यसबाट लाभ लिन सकेको विचार उनले ब्यक्त गरिन् । फलाम, सिसि, कागज भनेर घर—घर अगाडी कराई हिड्ने कवाडीवाला दाईहरुमा अकस्मात एकदिन आफ्नो ध्यान पुगेको र उनीहरुको काम र दैनिक जीवनी प्रति आफ्नो चासो बढेको कारण कवाडीमा काम गर्ने दाइभाइहरुलाई समेटेर फोहोर र कवाडीमा प्रबिधिको प्रयोग गरि कसरी काम गर्न सकिन्छ भनेर लामो समय सोच्दाको परिणाम २ बर्ष अघि खाली सिसिको अवधारणा आएको उनले जानकारी गराइन् । खाली सिसिले कवाडीको क्रेता र बिक्रेता बिचमा प्रबिधि मार्फत मध्यस्थकर्ताको भूमिका निर्वाह गरिदिने गर्दछ ।

कवाडी बिक्रि गर्न चाहने व्यक्ति तथा संस्थालाई कवाडी संकलन गर्ने व्यक्तिहरु बीच समन्वय गरिदिने कार्य खाली सिसिले गर्ने गरेको जानकारी उनले दिइन् । उद्यमशिललता रेस नभएर म्याराथन दौड जस्तो भएको कारण तत्कालै आफ्नो कामको नतिजा नआएपनि मेहनत गर्दै सफलता पहल्याउदै जानुपर्ने तथा समूह निर्माण गरि जोखिम उठाउदै आत्म बिश्वासका साथ अघि बढ्नुपर्ने धारणा उनले व्यक्त गरिन् ।

Advertisement

कार्यक्रमको विकल्प एन्ड अल्टरनेटिभका निर्देशक वसन्त अधिकारीले सहजीकरण गरेका थिए । कार्यक्रममा केसीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । होटेल नमस्कार, नेपलिज यंोग इन्टरप्रेनस फोरम बिराटनगर, बिराटनगर इन्टरनेसनल कलेज, मकालु टेलिभिजन, विकल्प एन अल्टरनेटिभ तथा मल्ल इन्टरप्राइजेजद्वारा संयुक्त रूपमा “लास्ट थर्सडे” कार्यक्रम हुदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top